विराटनगर र लुक्ला विमानस्थलमा अझै केही दिन उडान नहुने



काठमाडौं । बाढीका कारण जलमग्न भएको बिराटनगर एयरपोर्टबाहेक तराईका अन्य सबै विमानस्थलमा अहिले उडान सुरु भइसकेका छन् ।

बिराटनगर एयरपोर्टमा हिलो पन्छाउने काम भइरहेकाले अझै केहि दिन लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता ठाकुरले जानकारी दिए । अहिले लुक्ला र बिराटनगरमा मात्रै उडान हुन नसकेको ठाकुरले बताए । बिराटनगर लुक्लामा प्रतिकूल मौसमका कारण विमानले उडान भर्न नसकेका हुन् ।

‘बिराटनगर एयरपोर्टमा सरसफाइको काम अघि बढिरहेको छ, लुक्लामा मौसमका कारण उडान बन्द गरिएको छ, अन्य विमानस्थल भने सञ्चालन आइसकेको छ,’ ठाकुरले भने ।

तराईका केही विमानस्थलहरु बाढीका कारण केही दिन उडान प्रभावित भएका थिए । हिमाली भेगका लुक्ला लगायतका केही एयरपोर्टमा पनि मौसमले उडानमा असर गरेको छ । प्रवक्ता ठाकुरका अनुसार अहिले भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा कुनै अवरोध छैन । त्यहाँ विमानहरु आवत जावत गरिरहेका छन् ।


क्लिकमान्डु