पशुपति क्षेत्र विकास कोष सदस्य सचिवमा डा ढकाल नियुक्त



काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषमा नयाँ सदस्य सचिव नियुक्त गरेको छ । कोषको नयाँ सदस्य सचिवमा डाक्टर प्रदीप ढकाललाई नियुक्त गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट मन्त्री रहेका जितेन्द्र देवले ढकाललाई नियुक्त गरेका हुन् ।


क्लिकमान्डु