सबैभन्दा बढी सेयर मुल्य हुने दोस्रो कम्पनीले कमायो २३ करोड नाफा, इपिएस १९० रुपैयाँ



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत कम्पनीमध्ये सेयर मुल्य बढी हुने दोस्रो कम्पनीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड पर्छ ।

बुधवारको सेयर कारोबारको आधारमा यसको सेयर मुल्य प्रतिकित्ता १७ हजार ६०० रुपैयाँ रहेको छ । यसको सेयर मुल्य २२ हजार रुपैयाँसम्म पुगेको थियो ।

सरकारी लगानीको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २३ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा ४४ प्रतिशतले बढाएको हो ।

१२ करोड ४४ लाख चुक्ता पुँजी भएको कम्पनीले ११४ प्रतिशत बोनस सेयर दिएर २६ करोड चुक्ता पुँजी पुर्याएको र यो अहिले धितोपत्र बोर्डमा दर्ताको क्रममा रहेको जनाएको छ ।
निर्जीवन बीमा कम्पनीले १ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्छ ।

गत वर्ष कम्पनीले २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो बीमा शुल्क आर्जन २६ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले १६ हजार ७६९ बीमा लेख जारी गरेको जनाएको छ ।


क्लिकमान्डु