भारतबाट ५०० मेगावाट विजुली किन्ने तयारी, कुन प्रसारण लाइनबाट कति ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदमा पनि लोडसेडिङ हुन नदिन भारतबाट ५०० मेगावाट बिजुली किन्ने तयारी गरेको छ । सीमा क्षेत्रका विद्यमान प्रसारण लाइनको उच्चतम क्षमता प्रयोग गर्दै आयात बढाउन लागिएको हो ।

आगामी हिउँदको विद्युत माग करिब १८ सय मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ । कूल मागलाई सम्बोधन गर्ने गरी आन्तरिक उत्पादन नभएकाले भारतबाट आयात बढाउन लागिएको हो ।

गत तिहारदेखि प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएको छ । र, यो वर्ष देशका अन्य भागमा पनि विगतको तुलनामा भन्दा कम मात्रै लोडसेडिङ भएको छ ।

प्राधिकरणले गत आर्थिक वर्षको हिउँदमा उच्च माग हुँदा ३ सय ९५ मेगावाटसम्म विद्युत आयात गरेको थियो । यो हिउँदमा थप डेढ सय मेगावट विजुली आयात गर्ने लक्ष्य राखेको हो ।

प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन, कुशाहा-कटौया, रक्सोल परवानीपुरलगायतका लाइनबाट उक्त परिमाणको विद्युत ल्याउन सकिने जनाएको छ ।

उर्जामन्त्री महेन्द्रबहादुर शाहीले जारी गरेको श्वतपत्र अनुसार प्राधिकरणका अनुसार अन्तरदेशीय प्रसारण लाइनबाट १ सय ४५ मेगावाट, कुशाहा–कटैयाबाट १ सय २५ मेगावाट, रक्सोल-परवानीपुर ९नयाँ० र कुशाहा-कटैयाँ ९नयाँ० बाट ५०र५० मेगावाट र टनकपुरबाट ३५ मेगावाट आयात गर्ने योजना छ ।

त्यसैगरी, कटैया-राजविराजबाट १०, रामनगर-गण्डकबाट २५, कटैया-इनरुवा, सितामडी-जलेश्वर, रक्सोल-वीरगन्ज र नानपारा-नेपालगन्जबाट १२/१२ मेगावाट विद्युत आयात गर्न सकिनेछ ।

३३ केभीका लाइन कटैया–इनरुवाबाट ५ र जयनगर-सिराहाबाट ७ मेगावाट, धनगढी-पालिया बिन्दुको ३३ केभी प्रसारण लाइन मर्मत गरेर थप १० मेगावाट आयात गर्न सकिने जनाएको छ । 


पुष्प दुलाल