मोबाइलमा एसएमएस कसरी सेड्युलमा पोस्ट गर्ने ? हेर्नुहोस्



जन्म दिन, चाडपर्व शुभकामना वा केहि कुराको स्मरण गराउनका लागि एसएमएसको सहयोग लिने गरिन्छ । सामाजिक संजालको बढ्दो प्रयोगसँगै एसएमएसको प्रयोगमा केहि कमि आएको छ ।

प्रियतमको जन्म दिनमा सुन्दर शब्दको माध्यमबाट जन्म दिनको शुभकामना व्यक्त गर्नुको छुट्टै मिठास हुन्छ ।

तर कहिले काहि कार्य व्यवस्थाको तथा अन्य विविध कारणले प्रियतमलाई समय एसएमएस पठाउन नसक्दा दरार उत्पन्न हुन सक्छ । अब त्यस्तो समस्याको सामना गर्नु पर्ने छैन ।

त्यसका लागि प्ले स्टोर र एप्पल स्टोरमा उपलब्ध सेड्युल एसएमएसको सहयोगले निश्चित समयमा एसएमएस पठाउन सकिन्छ । सेड्युलमा एसएमएस पठाएपछि कुनै महत्वपूर्ण काम बिग्रेला र प्रेममा दरार आउला भन्ने कुरै रहन्न । हामीले केही एप्सको बारेमा यहाँ जानकारी दिने कोसिस गरेका छौ ।

टेक्सट्रा एसएमएस
टेक्सट्रा एसएमएस एप्सको सहयोगले सेडयुल सेट गरेर एसएमएस पठाउन सकिन्छ । जब म्यासेज लेखिसके पछि सेडयुलमा राख्नका लागि प्लस ()को चिन्हमा क्लिक गर्नु पर्ने हुन्छ । त्यस पछि तल आउने धेरै विकल्पमध्ये अलार्मको चिन्हलाई सेलेक्ट गर्ने र एसएमएस गर्ने समय सेड्युलमा राख्ने ।

सेड्युल एसएमएस

यस एपको नाम नै सेड्युल एसएमएस हो । एपलाई इन्स्टल गर्ने वित्तिकै एसएमएसलाई सेड्युलबाट पठाउन सकिन्छ ।  एप इन्स्टल हुने वित्तिकै म्यासेज बक्सको लुक्समा केहि परिवर्तन हुन्छ । म्यासेज टाइप गरेपछि आउने प्लसको चिन्हमा क्लिक गरेर सेड्युलमा एसएमएस पठाउन सकिन्छ ।

प्लस एसएमएस
प्लस एसएमएस एप अन्य जस्तै काम गर्छ ।

इन बियुल्ट फिचर

समसुङ र एल्जीका फोनमा सेड्युलमा एसएमएस पठाउने फिचर पहिलेदेखि रहेको हुन्छ । ती फोनमा एप डाउनलोड गर्न आवश्यक छैन ।


क्लिकमान्डु