लक्ष्मी बैंकले खोल्यो मन्थलीमा नयाँ शाखा



काठमाडौं । लक्ष्मी बैंकले रामेछापको मन्थलीमा शाखा खोलेको छ । बैंकले रुपन्देहीको देवकोटा चोकमा शाखा खोलेको जनाएको छ ।

लक्ष्मीको बैंकको अब शाखा संख्या ६८, हस्पिटल सेवा काउन्टर ३ तथा ८९ एटिएम हुने छन् ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाईअझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ ।


क्लिकमान्डु