एभरेष्टले गर्यो १ अर्ब ९८ करोड नाफा , कति दिन सक्ला बोनस ?



काठमाडौं । सेयर बजारमा चर्चामा रहने एभरेष्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले नाफा १४ प्रतिशतले बढाएको हो ।

बैंकको असार मसान्तसम्ममा निक्षेप ९५ अर्ब रहेको छ भने कर्जा ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

निक्षेपमा स्वदेशी मुद्रामा ८९ अर्ब तथा विदेशी मुद्रामा ६ अर्ब छ । अघिल्लो वर्षभन्दा ८ अर्बले स्वदेशी मुद्रामा निक्षेप बढेपनि विदेशी मुद्रामा ६ अर्बले घटेको छ ।
एक वर्षको अवधीमा निक्षेप २ अर्ब तथा कर्जा १० अर्बले बढेको छ ।

बैंकले ३० प्रतिशत हकप्रद सेयर दिएर चुक्ता पुँजी ६ अर्ब पुर्याएको छ । यस आधारमा राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पुर्याउनको लागि २ अर्ब रुपैयाँ कमी हुन्छ । बैंकले अपरिस्कृत वित्तीय विवरणमा हकप्रदको चुक्ता पुँजी उल्लेख गरेको छैन ।

बैंकको रिजर्बमा ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । एक वर्षको अवधीमा रिजर्बमा १ अर्ब ९८ करोड रुपैयाँले बढेको छ ।

करिब २ अर्ब नाफा गर्दा एभरेष्टले ३ अर्ब ७३ करोड कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीमा ३ अर्ब २२ करोड कमाएको थियो । ब्याज आम्दानी ६ अर्ब ७४ करोड गरेपनि ब्याज खर्च ३ अर्ब गरेको हुँदा ब्याज आम्दानीको बृद्धिदर बढ्न सकेको छैन । एकवर्षको अवधीमा १ अर्ब ६९ करोडले ब्याज आम्दानी बढेको छ भने खर्च १ अर्ब १८ करोडले बढेको छ ।

एभरेष्टले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा प्रति सेयर आम्दानी(इपिएस) ४३ रुपैयाँ ७८ पैसा देखाइएको छ । तर,बोनस सेयर दिदा भने हकप्रद जोडिने हुँदा एभरेष्टको इपिएस ३३ रुपैयाँ हुने देखिन्छ ।

बैंकको चुक्ता पुँजीको लागि करिब २ अर्ब रुपैयाँ पुग्दैन । बैंकको लक्ष्मी बैंकसँग मर्जरको कुरा चलेपनि निष्कर्षमा पुगेको छैन । बैंकले प्रस्ताव गरेको पुँजीबृद्धि योजनामा आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट १ अर्ब ९८ करोड बराबरको बोनस सेयर दिएर चुक्ता पुँजी ८ अर्ब २ करोड पुर्याउने भनेको छ ।

बैंकले कमाएको नाफा र रिबर्जमा भएको रकमको आधारमा २० प्रतिशत बोनस सेयर सजिलै दिन सक्ने देखिन्छ । यसको सेयर मुल्य अहिले १३ सय ७४ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु