वल्र्डलिंकले खोल्यो नयाँ बानेश्वरमा शाखा



काठमाडौं । वल्र्ड लिङ्कले ग्राहकको आकर्षणलाई ख्याल गर्दै आफ्नो सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना अनुरुप नयाँ बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

नयाँ शाखा विस्तार पश्चात् ग्राहकहरुले वल्र्डलिङकसँग सजिलै आवद्ध भई सेवा लिने र सजिलै नगद भूक्तानी गर्न सक्ने कम्पनीले जनाएका छन् ।

नयाँ शाखाबाट सेवा लिने ग्राहकले १ बर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ्ग अथवा जडान गरेपछि २ महिना निशुल्क सेवा पाउने कम्पनीले जनाएको छ । यो योजना भाद्र १ देखि ७ सम्म उपलब्ध गराइने छ ।

हाल वल्र्डलिङकको ६ वटा शाखा काठमाडौँ भित्र र २१ वटा शाखा काठमाडौं बाहिर रहेकोमा आगामी दिनमा १५ वटा शाखा काठमाडौं भित्र स्थापना गरी काठमाडौं बाहिर आवश्यकता अनुसार स्थापना गर्ने लक्ष्य रहेको छ ।


क्लिकमान्डु