नोकियाले ७ हजार मुल्यको फोन १३ सयमा बेच्दै



काठमाडौं । नोकियाले भारतमा सबैभन्दा ठुलो सेल मेला सुरु गरेको छ । उसले मोवाइल फोनमा ८१ प्रतिशतसम्म छुट दिइरहेको छ । यसरी छुटमा बिक्री भइरहेको सबै फोनहरु रिर्फबीस हुन् ।

७ हजार भारतीय रुपैयाँको फोन १ हजार ३ सय ४९ भारुमा किन्न सकिने छ । यो सेलमेला इकर्मस साइट शाँपक्लुजमा चलिरहेको भारतीय मिडियाले जनाएका छन् ।

के हो रिर्फबिस फोन ?

रिर्फबीस फोन कुनैपनि ग्राहकले संचालनको समयमा समस्या आएर कम्पनीलाई फिर्ता पठाएको फोन हो । यसलाई कम्पनीले पुनः रिपियर गरेर नयाँ जस्तै दुरुस्त बनाउने गर्छन् ।

यसरी रिर्फबीस गरिएको फोन नयाँ जस्तै हुन्छ । त्यसमा समेत कम्पनीले नयाँ जस्तै सबै प्रकारको वारेन्टि दिएको हुन्छ । ल्यापटपमा निकै लोकप्रिय रहेको रिर्फबीस नोकियाले मोवाइलमा समेत सुरु गरेको हो ।


क्लिकमान्डु