‘सेफ्टी बाइसाइकल’ कसरी बन्यो मोटरसाइकल ? यस्ता थिए सुरुका डिजाइन (फोटो-फिचर)



 

काठमाडौं । मोटरसाइकलको इतिहास १९ औं शताब्दीको करिब अन्त्यतिरबाट सुरु भएको हो । यसको बिकास ‘सेफ्टी बाइसाइकल ’ बाट सुरु भएको हो । जसलाई पाइडलको सहायताबाट चलाउन सकिन्थ्यो ।

पहिलो पटक मोटरसाइकलको डिजाइन जर्मनीको गोटलिब डेमलर र बिल्हेम मेब्याच ले १८८५ मा गरेका थिए । उनिहरुले डिजाइन गरेका साधन नै पहिलो पेट्रोलियम पदार्थले चल्ने मोटरसाइकल थियो ।

१८८० को दशकमा बिशेष गरि फ्रान्स,जर्मनी र बेलायतमा दर्जनौको शंख्यामा डिजाइन गरिएपनि १८९४ मा हिल्डब्राण्ड र उल्फमुलर नामक मोटरसाइकल बिक्रीको लागि ल्याइयो र पछि धेरै मोटरसाइकल उत्पादकहरु आए र नयाँ डिजाइनको मोटरसाइकल निर्माण गर्न थाले ।

अमेरिकामा १८९५ मा पहिलो पटक बेलायती सरकस चलाउने ब्यक्तिले ल्याएका थिए । यो करिब ९१ केजीको थियो भने ६४ किमी प्रतिघण्टाको गतिमा कुदने गर्दथ्यो । सोही बर्षमा अमेरिकी अविष्कार पेनिङ्गटनले आप्नै डिजाइनको मोटरसाइकल प्रस्तुत गरे ।

१९०१ मा बेलायती बाइसाइकल निर्माता रोयल इनफिल्डले २३९ सिसीको आफ्नो पहिलो मोटरसाइकल प्रस्तुत गर्यो। १९०४ मा इन्डियन मोटरसाइकल निर्माण कम्पनीले ‘इन्डियन सिंगल ’ नामको डिजाइन प्रस्तुत गर्यो ।

१९१४ यताको मोटरसाइकलहरु परम्परागत ढंगमा सिमित रहेनन् । त्यसमा नया प्रबिधी एवं सुबिधा पनि ल्याइयो ।

जापानी होण्ड कम्पनी सेप्टेम्बर १९४८ मा स्थापन भयो र एसओ एचसी इनलाईन नामको मोटरसाइकल १९६९ मा निर्माण गर्यो । एसओएचसीको बजारमा आएल गर्ने कावासाकीले पनि केजेट ९०० बजारमा ल्यायो ।

सुजुकी मोटर कम्पनी, कावासाकी हेभी इन्ड्रस्टी र यामाहा मोटर कर्पोरेशनले १९५० को दशकबाट मोटसाइकल उत्पादन सुरु गरेका हुन ।

बर्तमान मोटरसाइकल बजार

बिशेषगरि अमेरिकामा हार्ले-डेभिडसनले उच्च प्रशिद्धता कमाए पनि बर्तमान बिश्व मोटरसाइकल बजारमा जापानी निर्माता होन्डा, कावासाकी, सुजुकी र यामाहा नै अगाडी रहेका छन् ।

अहिले मोटरसाइकलको बजार बिशेष गरि बिकाससील मुलुकहरुमा रहेको छ । हाल भारतको हिरोले आफुलाई संसारको सबैभन्दा ठुलो मोटरसाइकल निर्माता कम्पनी भनेर दाबी गरिरहेको छ ।

भारतले इनफिल्ड कम्पनीको रोयल इनफिल्ड बाइक पनि १९९५ देखी निर्माण गर्दै आएको छ । संगसंगै साना र सस्ता मोटरसाइकलको माग हाल बिकासशील राष्ट्रहरुमा बढि रहेको छ ।


क्लिकमान्डु