सिद्धार्थ इन्स्योरेन्सको सिइओमा बिरेन्द्र बैद्यवार नियुक्त



बिरेन्द्र बैद्यवार, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि.

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बिरेन्द्र बैद्यवार नियुक्त भएका छन् । उनलाई भदौ १ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको संचालक समितिले बैद्यवारलाई ४ बर्षकोलागी सिइओ नियुक्त गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको सुरुवातको समय देखि नै बरिष्ठ प्रबन्धकको रुपमा कार्यरत उनि त्यस अघि युनाइटेड र सगरमाथा इन्स्योरेन्समा कार्यरत थिए ।

आफ्नो नियुक्ती पछि क्लिकमाण्डुसँग कुरागर्दै बैद्यवारले भने ‘२०६३ सालदेखि नै म यस कम्पनीमा कार्यरत छु । अहिले हाम्रो कम्पनी धेरै कुरामा दोस्रो स्थानमा रहेको छ । अझै राम्रो गर्दै अगाडी जाने मेरो प्रयास हुने छ ।’

पछिल्लो पटक सगरमाथा इन्स्योरेन्सबाट सिद्धार्थ गएका बैद्यवार २६ बर्षदेखि बीमा क्षेत्रमा क्रियाशील रहेका छन् । बिशेषत मार्केटिङ र अन्डरराइटिङमा उनको दख्खल रहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापन बिषयमा मास्र्टस् गरेका उनी सिद्धार्थ इन्स्योरेन्स मै सहायक महाप्रबन्धक, निमित्त प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।


क्लिकमान्डु