भिखारी संघको अध्यक्षको घरमा ३ लाख

क्लिकमान्डु २०७४ भदौ ५ गते १०:२५ मा प्रकाशित

 

विराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट ३ लाख १५ हजार रकम फेला परेको छ ।

विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उहाँको घर भत्काएको थियो ।

सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो ।

अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये १ हजारको नोट १ लाख नौ हजार बाँकी नोट ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन् । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ । रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स