महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु, एक हजार ५ सय १६ मतदाता



फाइल

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।

आज बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए ।

महासङ्घको नयाँ नेतृत्वका लागि तीर्थ कोइराला,गोविन्द आचार्य,उजिर मगर,इन्द्र राउत र भावना (विद्रोही) बीच नेतृत्व हत्याउने रस्साकस्सी छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भइरहेको छ ।

पैंतालीस सदस्यीय कार्यसमितिका लागि आज दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । कूल मतदाता एक हजार ५१६ जनाले मतदान गर्नेछन् ।

मतगणना नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा गरिने कुरा समितिका संयोजक खनालले जानकारी दिए।


क्लिकमान्डु