नेशनल लाईफ इन्स्योरेन्सले ३६ करोड रुपैयाँ कमायो, २५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले ३६ करोड रुपैयाँ मुनाफा कमाएको छ । कम्पनीले २९ औं बार्षिक साधारण सभा मार्फत ३६ करोड रुपैयाँ मुनाफा कमाएको जानकारी दिएको हो ।

कम्पनीका अध्यक्ष प्रेमा सिंहले आर्थिक बर्ष २०७२/२०७३ मा ३ अर्ब ८५ करोड रुपैयाँको कारोबार गरेको जानकारी दिइन् । साथै, १ अर्ब ७ करोड रुपैयाँको दाबी भुक्तानी गरेको बताइन् ।

कम्पनीको कुल लगानीको २०.१० प्रतिशतले बृद्धि भएर १४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । बीमा कोषमा गत बर्षको तुलनामा २२.९४ प्रतिशतले बृद्धि भई १४ अर्ब ३१ करोड रुपैयाँ छ ।

साधारण सभाले आर्थिक बर्ष २०७२/७३ को लागि २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश दिने निर्णण गरेको छ । २६.३२ प्रतिशत लाभांश जारिसँगै इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ६५ करोड ६० लाख रुपैयाँ पुग्ने छ ।

बोनस पश्चात हुन आउने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरिएको छ । हकप्रद सेयर पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ पुग्ने छ ।


पुष्प दुलाल