रोनाल्डोको एक बर्षको कमाइ झण्डै ९ अर्ब रुपैंयाँ, कसरी सम्भव छ यति धेरै कमाउन ?



खेलकुदको नयाँ सिजन शुरु भैसकेको छ । युरोपका फुटबल लिगहरुले बिश्वको ध्यान खिच्न थालिसकेका छन् ।

तर, यी खेलहरु केवल मनोरञ्जन मात्र नभएर ठूलो अर्थतन्त्र पनि हुन् भनेर हामीले क्लिकमाण्डूमा बारम्बार चर्चा गरेका छौं । यहाँ पनि खेल क्षेत्रका केही ब्यवसायीक सम्बन्धहरु, जसले यो अर्थतन्त्रको आधार तयार पार्छन, का बारे संक्षिप्त चर्चा गरिएको छ ।

फोब्र्सले बर्सौं देखि खेलकुदको ब्यवसायको तथ्यांक राख्दै आएको छ । सबैभन्दा मंहगा वा महत्वपूर्ण टोली, सर्वाधिक कमाउने खेलाडी, ठूला एजेन्सीहरु र प्रायोजकहरुका बारे फोब्र्सले लेख्दै आएको छ । तर, पैसाको सफलताले मात्र सबै आयाम समेट्दैन ।

गत सिजनको कुरा गर्दा ‘द ड्यालस काउबोइज’ सबैभन्दा महङ्गो खेल टोली भएको छ । टोलीको कुल मुल्याङ्कन ४ अर्ब २० करोड डलर रहेको छ ।

यसैगरी गत बर्ष रियल म्याड्रिडका स्टार फुटबल खेलाडी रोनाल्डो सर्वाधिक कमाउने खेलाडी भएका छन् । गत बर्ष मात्र उनले ८ करोड ८० लाख डलर कमाए ।

खेलकद सामग्री बनाउने बिश्वबिख्यात कम्पनी नाइकको कुल मल्याङ्कन गत बर्ष २८ अर्ब डलर रह्यो । कम्पनीले गत बर्ष ३० अर्ब डलरको कारोबार गरेको थियो । खेलकुद एजेन्सीहरुको कुरा गर्दा भने ‘क्रियटिभ आर्टस’ले अन्य सबै एजेन्सीहरुलाई पछार्दै २९ करोड डलर कमाएको छ ।

के कुराले काउबोइज, रोनाल्डो, नाइक र क्रियटिभ आर्टसलाई आर्थिक रुपमा यस्तो सफलता दिलायो त ? के ले यिनीहरुको बित्तीय बिवरण यस्तो आकर्षक बनायो ? यसको मुख्य कारण खेलकुदको ‘इकोसिस्टम’ भित्र उनीहरुले बनाएको ब्यवसायीक सम्बन्ध हो ।

काउबोइज यती सफल हुनुको मुख्य कारण उ सँग भएका डेज ब्रायन्ट जस्ता सपरस्टार खेलाडीका अलावा बिश्वका ठुला ब्राण्डहरु पेप्सी, फोर्ड, बैंक अफ अमेरिकासँगको साझेदारी पनि हो ।

रोनाल्डोले यती धेरै कमाउनको पछाडी भने उनको रियल म्याड्रिडसँगको आकर्षक कन्ट्रयाक्ट हो । उनले गत सिजन म्याड्रिडबाट मात्र ५ करोड ६० लाख डलर बुझेका छन् । यसैगरी उनीसँग आबद्ध अन्य ब्राण्डहरुबाट उनले ३ करोड डलर भन्दा बढि कमाएका हुन् ।

नाइकले गत सिजनमा मात्र २० अर्ब डलर भन्दा बढीको जुत्ता बेचेको छ । यो कम्पनीको बार्सिलोना, लेब्रोन जेम्स, एनएफएललगायत खेलकद क्षेत्रका ठुला नामसँग साझेदारी छ ।

यसैगरी क्रियटिभ आर्टसको सफलताको राज भने स्टार खेलाडीहरु एली म्यानिङ, ड्रिउ ब्रिज, कार्मेलो एन्थोनी, क्रिस पउल, जलियो जोन्सलगायतसँगको उसको सम्बन्ध हो ।

यस्ता खाले सम्बन्धहरु नै खेलकुद क्षेत्रको ब्यवसायीकताको आधार हो । तर, यस्ता सम्बन्धहरुले कसरी अर्बौं अर्बौं डलर आकर्षिक गर्छन् भन्ने बिषयमा केही गहन अध्ययनको खाँचो छ ।

धनी क्लब, खेलाडी आदिको सूची प्रकाशित गरिए पनि यसको बारे त्यती धेरै गम्भिर अध्ययन भने अझै भएका छैनन् ।


क्लिकमान्डु