सराङ्गकोट पर्यटन महोत्सवको अवसरमा पर्यटन दौड




काठमाडौं । आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म आयोजना हुन गईरहेको सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको मिनी म्याराथुन सम्पन्न भएको छ । दश किलोमिटर मिनी म्याराथुन लमजुङका रोशन गुरुङले जितेका छन् ।

त्यस्तै पोखरा मिरुवाका संदिप विक दोस्रो तथा सिम्पानी पोखराका सरोज थापा तेस्रो भए । पहिलो हुने गुरुङले ३७ मिनेट ४८ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै दोस्रो र तेस्रो हुने विक र थापाले क्रमश ३८ मिनेट ३० सेकेण्ड तथा ३९ मिनेट ४० सेकेण्डमा पुरा गरेका थिए ।

मिनी म्याराथुनको विजेताले १० हजार रुपैयाँ नगद पुरस्कार र प्याराग्लाईडिङको टिकट जितेका छन् । दोस्रो हुनेले नगद सात हजार र जिप फ्लायरको टिकट पाएका छन भने तेस्रो हुनेले नगद पाँच हजार जितेका छन ।

त्यस्तै सान्त्वना स्थान प्राप्त गर्ने तीन जनालाई एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

पर्यटन दौडमा ७८ जना स्वेदेशी तथा पाँच जना विदेशीले सहभागिता जनाएका थिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आयोजना गरिएको सराङ्गकोट पर्यटन महत्सवको प्रचारप्रसारका लागि महोत्सवको पूर्वसन्ध्यामा मिनी म्याराथुन आयोजना गरिएको हो ।

मिनी म्याराथुन पोखरा बागलुङ्ग बसपार्कदेखि सराङ्गकोट टपमा पुगेर सम्पन्न भएको थियो ।


क्लिकमान्डु