हप्तादिनमै रुपन्देहीमा पाँचतारे ‘टाइगर प्यालेस’ संचालनमा आउदै



भैरहवा ।  रुपन्देहीमा कोटिहवामा पहिलो पटक सुविधा सम्पन्न पाँच तारे रिसोर्ट ‘टाइगर प्यालेस’ भदौ २५ देखि संचालनमा आउने भएको छ ।

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीले रिसोर्ट निर्माण गरेकोे हो । सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्राली हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको नेपालमा लगानी गर्न बनेको सहायक कम्पनी हो ।

तीन अर्ब रुपैयाँ विदेशी लगानीमा निर्माण हुने उक्त लक्जरी रिसोर्ट तीनवर्ष अगाडि निर्माण सुरु गरिएको थियो ।

सरकारले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गरेसँगै ग्रुपले पनि रिसोर्ट निर्माण थालेको थियो । करिव १५ विगाहा जमिनमा फैलिएको रिसोर्टको नाम ‘टाइगर प्यालेस’ हो । रिसोर्ट भदौ २५ देखि संचालनमा आउने छ, भने भवन मात्र दुई विगाहा क्षेत्रफलमा रहेको सिल्भर हेरिटेजका अध्यक्ष राजेन्द्र बजगाईंले बताए ।

‘क्यासिनो पनि छिट्टै संचालन गर्ने योजना रहेको छ,’ बजगाईले क्लिकमाण्डूसँग भने ।

रिसोर्टमा चार सय कोठाहरु बनाउने लक्ष्य राखिएको छ । तर, पहिलो चरणमा सय कोठाहरु तयार गरिएको छ । आगामी दुई वषभित्र रिसोर्टमा तीन सय कोठाहरु थप्ने बजगाई बताउँछन ।

रिसोर्टका रुपमा यस्ता छन् सुविधा

रिसोर्टका कोठाहरु डिलक्स, सुपर डिलक्स, स्वीटमा तयार भएका छन् । रिसोर्टमा स्वीट रुम र पौडी पोखरी आपसमा जोडिएका छन् । सबै स्वीट रुमबाट सिधै स्वीमिङ पुलमा ‘डाइभ’ हान्न सकिने छ । स्वीट रुमका लागि भिल्लाहरु समेत निर्माण भएका छन् । ६ महिना अगाडीनै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भएता पनि राष्ट्रबैंकमा प्रशासनिक प्रक्रिया नपुग्दा पैसा आउन ढिला भएको थियो । रिसोर्टमा पहिलो चरणको काम सम्पन्न गर्न दुई अर्ब खर्च गरिएको छ ।

अनुमान गरिएको छ । दोस्रो चरणमा कोठाहरु थप्नका लागि एक अर्ब लाग्ने अनुमान छ । रिसोर्टले खर्चालु पर्यटक भित्राउने लक्ष्य राखेको छ । खासगरी इन्डियन फेमिली र विवाह गर्ने खानदानी परिवारलाई रिसोर्टमा ल्याइने छ । पछिल्लो समय भारतका खानदानी परिवारले नेपाल आएर विवाह गर्न थालेका छन् । यही समुदायलाई रिसोर्टले आकर्षित गर्ने लक्ष्य राखेको छ ।

रिसोर्टमा ७ सय जना अटाउने ठूलो हल रहेको छ । अरु साना हलहरु पनि रिसोर्टमा हरेका छन् । रिसोर्टमा एउटा ठूलो र केही साना स्वीमिङ पुलहरु समेत रहेका छन् । रिसोर्टमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फनपार्क लगायतका सुविधाहरु रहेका छन् ।


क्लिकमान्डु