‘फेस्टिबल अफ बंगाल’ भदौ १७ देखि सुरु हने



काठमाडौं । काठमाडौंको सोल्टी होटलमा ‘क्रस ब्रोडर टुरिजम एण्ड ट्रेड एक्स्पो फेस्टिबल अफ बंगाल’ भदौ १७ देखि २० सम्म आयोजना हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ, भारतीय राजदूतावास र भारतको वेष्ट बंगालको आयोजनामा फेस्टिबल हुन लागेको हो ।

नेपाल भारतको दौत्य सम्बन्ध स्थापना भएको ७० औं बर्ष पुगेको अवसरमा दुबै देशको आर्थिक, सामाजिक, धार्मिक पयटकिय, सांस्किृत सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिन लागेको आयोजकले जनाए ।

अवधिभर बंगालको फुड फेस्टिबल, सांस्कृतिक कार्यक्रम, व्यवसायीक सभासम्मेलन आर्थिक व्यवसायीक सम्बन्धलाई मजबुत बनाउन विविध कार्यक्रमहरु गरिने छन् ।
वेस्ट बंगालबाट आउने प्रतिनिधिहरुले होटल, शिक्षा, फिल्म, मेडिकल, स्टिल उद्योग, कृषि, टि, कफिलगायत क्षेत्रमा लगानी गर्ने विषयमा छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।


पुष्प दुलाल