नेपाली युवा इन्जिनियरले बनाए स्मार्ट इलेक्ट्रिक ह्विलचियर



काठमाडौं । नेपाली युवा इन्जिनियरद्वरा निर्मित स्मार्ट इलेक्ट्रिक ह्विलचियर सार्वजनिक गरिएको छ । अर्थराज्यमन्त्री उदयशम्सेर राणा र मह जोडीले संयुक्त रुपमा ह्विलचियर सार्वजनिक गरेका छन् ।

ह्विलचियर ४ नेपाली युवा इन्जिनियरले निर्माण गरेका हुन् । नेपालमा निर्माण गरिएको यो नै पहिलो ह्विलचियर हो । नेपाली समाजका समस्या इन्जिनियर प्वाइन्टबाट समाधान गर्न स्थापित इन्फिनिटी ल्याब नामक अनुसन्धान मुलक संस्थाका युवा इन्जिनियरहरुको अगुवाईमा ह्विचियर बनाउन सफल भएका हुन ।

निर्माण सामाग्रीको उत्पादन गर्दै आएको गोर्खा इको प्यानलको उपलव्ध गराएको वर्कसप सहयागबाट उनीहरु ह्विलचियर बनाउन सफल भएका हुन् ।

इन्फिनिटी ल्याबका अध्यक्ष सुनिल परियारले हाललाई नमूनाको रुपमा एउटा मात्रै ह्वियचियर बनाएको जनाए । सहयोग पाए व्यवसायिक रुपमा बनाइ विक्रीवितरण गर्ने योजना रहेको उनले सुनाए । यो ह्विलचियरमा बसेर गएका कोही पनि व्यक्ति दुर्घटनामा परे घरका परिवारलाई मोवाइलमा एसएमएस जानेसमेत सुविधा भएकोले यो ह्विलचियर स्मार्ट रहेको उनले सुनाए ।

यो ह्विल चियर नेपालको माटो सुहाउँंदो रहेको उनले जनाए । उनका अनुसार विदेशको कहीकतै नविग्रेको कालोपत्रे बाटोमा मात्रै नभई नेपालकै खाल्डाखुल्डीयुक्त बाटोमा पनि सजिलै गुडाउन सकिने यो गुणस्तरीय ह्विल चियर हो । यो नेपालमै मर्मत सम्भार गर्न सकिने, सस्तोसमेत रहेको उनले जनाए । साथसाथै यसमा ह्विचियरमा वस्ने अशक्त व्यक्तिको पिशाब राख्ने व्यवस्था पनि रहेको जनाइएको छ ।


पुष्प दुलाल