दरबारले हुर्काएको सुन तस्करी यसरी पुग्यो चिनियाँको हातमा

आशीष ज्ञवाली २०७४ भदौ २० गते १६:२६ मा प्रकाशित

काठमाडौं । २०४४ साल असार १७ गते नेपाल प्रहरीका पूर्वमहानिरिक्षक दिलबहादुर (डिबी) लामा प्रक्राउ परे । उनको घरबाट सुनको बिस्कुट फेला परेको थियो । लामासँगै पूर्वअधिराजकुमार धिरेन्द्रका एडिसी भरत गुरुङ पनि सुन काण्डमा मुछिए ।

दरबारको आन्तरिक कलहको कारण लामा र गुरुङ प्रक्राउ परेका थिए । सुन तस्करीको आरोपमा हाइप्रोफाइल व्यक्ति प्रक्राउ भएको लामा र गुरुङ नै हुन् । पछि लामा र गुरुङले सफाई पाए । लामा २०५६ सालमा रसुवाबाट चुनाव जिते । र, मन्त्री पनि भए ।

सोमबार बिहान २ बजे प्रहरीले ८८ किलो सुनसहित चालक प्रकाश अधिकारीलाई प्रक्राउ गर्यो । सुनको मालिक चिनियाँ नागरिक जिया क्विङ र उनी पत्नी जेन सुहुई रहेको प्रहरीले जनाएको छ । दुवैजनाको काठमाडौंमा होटल व्यवसाय रहेको र सुन तस्करीमा संलग्न रहेका थिए ।

अहिले तस्करीबाट आउने गरेको १० प्रतिशतमात्र सुन बरामत हुने गर्छ । तस्करहरुबीच हुने विवादको कारण सुन र भरिया प्रहरीले समाउने हो ।

नेपालमा सुन तस्करीको सुरुवात भएको २०३० सालदेखि हो । सुरुमा दरबार निकट व्यक्ति र दरबारकै परिवारबाट सुनको तस्करी हुने गरेको थियो । दरबारबाट भित्रिएको सुन तस्करी पन्चायत हुँदै बहुदलकालमा कांग्रेस र एमालेसम्मका सरकारमा पनि फस्टायो ।

२०५१ सालको मध्यावधी निर्वाचनमा कुनै पनि दलको बहुमत आएन । मनमोहन अधिकारीको अल्पमतको सरकार बिघठन भयो । त्यसपछि ६ महिनामा सरकार बन्ने र ढल्ने प्रक्रिया चल्यो भने सुन तस्करी अत्याधिक फस्टायो ।

२०५५ सालमा सुन तस्करीको कारण राजस्व संकलनमा नै असर परेपछि परि थापको संयोजकत्वमा रास्व चुहावट नियन्त्रणको लागि संसदीय समितिको गठन भयो ।

प्रहरीका अनुसार भन्सार छलेर अवैधानिक तरिकाले आउने १ किलो सुन भारतमा पुर्याएर बिक्री गर्दा करिब ५ लाख जति फाइदा हुन्छ ।

समितिले नेपालका चर्चित व्यवसायीहरु अनिल जाटिया, प्रकाश बेगानी, शंकर गोल्यान, आईएल प्रधान, टेकबहादुर गुरुङ, जमिम शाह, ताहिर शाह, दीपक मलहोत्रा, प्रकाश टिवडेवाल, बिष्णु जोशी, धोजेन्द्र गौचन, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाना र दीपक स्वार सुन तस्करीमा संलग्न रहेको प्रतिवेदन दियो ।

संसदीय समितिको प्रतिवेदनले सुन तस्कर भनेर किटान गरेका कुनैपनि व्यक्तिलाई कारवाही भएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, हककङ र थाइल्याण्डबाट सुन तस्करी हुन्थ्यो । २०५१ देखि २०५६ सम्म गृहमन्त्री बनेका एमालेका बामदेव गौतम र कांग्रेस खुमबहादुर खड्कालाई सुन तस्करीलाई प्रश्रय दिएको आरोप लागेपनि पुष्टी भने भएन ।

२०६७ सालसम्म वैधानिक रुपमा व्यक्ति तथा फर्मले भन्सार महशुल तिरेर सुन आयात गर्न पाउने व्यवस्था थियो । २०५६ सालपछि भने २०६७ सालसम्म सुन तस्करीका कुराहरु त्यति बाहिर आएनन् ।

भारतबाट रक्त चन्दन र चीनबाट सुन ल्याएर भारत पुर्याउने गिरोह सक्रिय भयो । सुन अवैध व्यापारमा चिनियाँ नागरिकहरु संलग्न हुन पुगे ।

२०६७ सालमा अत्याधिक सुन आयात भएपछि देशको शोधानान्तर स्थितिमा गम्भिर संकट देखियो । सरकारले सुन आयात वाणिज्य बैंकले मात्र गर्न पाउने व्यवस्था गर्दैै व्यक्ति तथा फर्मललाई विदेशबाट बिस्कुट सुन आयात गर्न प्रतिबन्ध लगायो । वाणिज्य बैंकले अफसिजनमा १५ किलो र सिजनमा दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था छ ।

बैंकर्स संघले पालो अनुसार सुन आयात गर्ने सुनचाँदी व्यवसायीको सिफारिसमा सुन बिक्री गर्ने व्यवस्था छ । एक वर्ष अघि ४ महिनासम्म वाणिज्य बैंकले ल्याएको सुन बिक्री नभएर बसेको थियो । बजारमा गैर कानूनी तरिकाले आएको सुनले माग धानेपछि बैंकले भित्राएको सुन नै बिक्री भएन ।

२०६७ सालमा सुन आयातमा कोटा र वाणिज्य बैंकलाई मात्र सुन आयात गर्न दिने व्यवस्थापछि सुन तस्करी फेरी फस्टायो । सुन तस्करीको नाका भने तातोपानी बन्यो । भारतबाट रक्त चन्दन र चीनबाट सुन ल्याएर भारत पुर्याउने गिरोह सक्रिय भयो । सुन अवैध व्यापारमा चिनियाँ नागरिकहरु संलग्न हुन पुगे ।

२०७२ सालमा गएको भूकम्पपछि तातोपानी नाकाबन्द भयो । सुन तस्करीको रुटपनि तातोपानीबाट रसुवागढीमा परिवर्तन भयो ।

सुनचाँदी व्यवसायीहरु हाकाहाकी नै सामान्य अवस्थामा नेपालमा वैधानिक रुपमा आउने सुनको माग १० किलो पुर्याउन नसकिएको बताउँछन् ।

‘विवाहको सिजनमा दैनिक सुनको माग नै ५० किलो पुग्छ,’ एक सुनचाँदी व्यवसायीले क्लिकमाण्डूसँग भने, ‘वैधानिक रुपमा आएको सुनले माग पुरा नगरेपछि माग पुरा हुने नै तस्करीको सुनले हो ।’

अहिले नेपालमा सुन आउने भनेको चीनको बाटो हो । चीन हुँदै नेपालमा भित्रिएको सुन २० देखि ३० प्रतिशतसम्म खपत नेपालमा भए पनि बाँकी जाने भनेको भारत नै हो । प्रहरीका अनुसार भन्सार छलेर अवैधानिक तरिकाले आउने १ किलो सुन भारतमा पुर्याएर बिक्री गर्दा करिब ५ लाख जति फाइदा हुन्छ । संसारमा सबैभन्दा बढी सुन खपत गर्ने देश भारत पर्छ । केन्द्रीय बैंकहरुमा सुनको मौज्जात राख्ने देशमा पनि भारत अग्रस्थानमा पर्छ ।

सुन तस्करीमा भरिया मात्रै प्रक्राउ

प्रहरीले अहिलेसम्म जति तस्करी भएको सुन बरामत गरेको छ त्यसमा प्रक्राउ पर्ने भरिया मात्र हो । सोमबार पनि गाडी चालक मात्र प्रक्राउ परेका छन् । दुई चिनियाँ नागरिकको संलग्नता सुन तस्करीमा भएको प्रहरीले जनाएको छ । केही व्यापारी शंकाको घेरामा छन् ।

प्रहरीले विगतमा पनि भरिया मात्र प्रक्राउ गर्ने र वास्तविक मालिकसम्म अनुसन्धान पुग्न नसकेको स्पष्ट देखिन्छ । प्रहरीका उच्च अधिकारीहरु अनौपचारिक कुराकानीमा नै सुन तस्करीको जालोसम्म पुग्न नसकिने बताउने गर्छन् ।

अहिले तस्करीबाट आउने गरेको १० प्रतिशतमात्र सुन बरामत हुने गर्छ । तस्करहरुबीच हुने विवादको कारण सुन र भरिया प्रहरीले समाउने हो । सोमबार बिहाना प्रक्राउ परेको सुन १२ वटा प्रहरी नाका पार गर्दै काठमाडौं भित्रिएको थियो ।

यसले सुनको वास्तविक मालिकसम्म प्रहरी पुग्न नसकेको देखाउँछ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स