इम्बोस्ड नम्बर प्लेटः असंबैधानिक निर्णयबाट पछि हट्यो सरकार




काठमाडौं । संबिधानले चिन्दै नचिन्ने संरचनालाई आधार बनाएर लागू गरिएको इम्बोस्ड नम्बर प्लेट जडान रोकिएको छ । संबिधानमा ब्यवस्था नभएको अञ्चल संरचनालाई आधार मान्दै अञ्चलको नामबाट दिन लागिएको इम्बोस्ड नम्बर प्लेट जडान स्थगीत गरी प्रदेशकै नामबाट जडान गर्न लागिएको हो ।

बुधबार बसेको व्यवस्थापिका संसदको विकास समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात ब्यवस्थामन्त्री बीरबहादुर बलायरले यस्तो जानकारी दिएका हुन् । संबिधानले चिन्दै नचिन्ने संरचनालाई आधार मानेर गैरसंबैधानिक रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागिएको बिषयमा क्लिकमाण्डूले निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो ।

५ वर्षभित्र सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गरिसक्ने मन्त्री बलायरले जानकारी दिए ।

सरकारले २ पांग्रेलाई २ हजार ५ सय, ३ पांग्रेलाई २ हजार ९ सय, ४ पांग्रेलाई ३ हजार २ सय र हेभी सवारीसधानलाई ३ हजार ६ सय रुपैयाँ मुल्य तोकेर इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागेको थियो ।

पहिला अर्डर भएको इम्बोस्ड प्लेट सानो भएको र अन्य प्राविधिक कारणले नेपाली भाषमा इम्बोस्ड नम्बर लेख्न नमिल्ने र नेपालको झण्डा रहने उनले बताए ।


क्लिकमान्डु