नाईक ब्राण्डमा नेपालमा नक्कली जुत्ता बिक्री भएको खुलासा



काठमाडौं । दुई दिन अगाडि वाणिज्य मन्त्रीको नेतृत्वमा गएको बजार अनुगमन टोलीले नाइकको दरवार मार्गमा रहेको पसल शिलबन्दी गर्यो ।

खरिद मुल्यभन्दा अत्याधिक नाफा लिएको आरोपमा नाइक सहित स्टोरवन,ब्रेन्टली र पुमाको स्टोरमा शिलबन्दी गरिएको थियो ।

बजार अनुगमनको क्रममा नाईकले ४ हजार ७ सयको खरिद बिलकको जुत्तालाई २६ हजार ९ सय ९० रुपैयाँ बिक्री गरेको पाइएको थियो ।

नाईक विश्वविख्यात ब्राण्ड हो । तर,नेपालमा भने व्यापारीले नाईक ब्राण्डको नाममा ठगी गरेको खुलासा भएको छ ।

पत्रकार अप्रण श्रेष्ठले सामाजिक संजाल ट्वीटर मार्फत नाइकलाई मेन्सन गरेर प्रश्न गरे,‘नाइकको आधिकारिक बिक्रेता नेपालमा छ ? नाइकको आधिकारिक बिक्रेता स्टोरमा सरकारले सिल गरेको छ।’

श्रेष्ठको जवाफ दिदै नाईकले नेपालमा नाईकको आधिकारिक बिक्रेता नभएको जनाएको छ । सामाजिक संजाल ट्वीटर मार्फत आधिकारिक बिक्रेता नभएको र अनलाइन मार्फत रिटेलर मार्फत बिक्री हुने जनाएको छ ।

यसरी दरवारमार्ग नाईक ब्राण्डको आधारिक बिक्रेता भनेर नक्कली जुक्ता र नाईकले उत्पादन गर्ने वस्तु बिक्री भएको खुलेको हो ।

अलिबाबा स्नापडिल जस्ता विश्व चर्चित अनलाईन सपिङ साइटमा गएर हेर्दा पनि नाइकको २६ हजार पर्ने जुत्ता भने भेटिएन ।

यसरी हेर्दा नेपाली उपभोक्तालाई विश्वविख्यात ब्राण्डको नाममा ठग्दै आएको देखिएको छ ।


क्लिकमान्डु