छिमेक लघुवित्तले ४५ प्रतिशत लाभांस दिने



काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले ४५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको को बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीकै आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै वितरण हुनेछ ।


पुष्प दुलाल