ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने



काठमाडौं । ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने भएको छ ।

बैंकले आवश्यक कागजात बुझाएको दिनमै सेयर कर्जा दिने गरी ज्योति सेयर कर्जा लगानी योजना ल्याएको हो । बैंकले यस्तो कर्जामा व्याजदर कति लिने भन्ने चाहीँ खुलाएको छैन ।

पछिल्ला केही दिनमा बैंक तथा वित्तीय संस्थाहरुले धमाधम सेयर कर्जाका आकर्षक योजना सार्वजानिक गरिरहेका छन् ।


पुष्प दुलाल