नेप्से सिइओ बन्न ५ जनाको नाम छनोट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत बन्नको लागि ५ जनाको नाम छनोट भएको छ ।

अर्थमन्त्रालयले गठन गरेको छनोट समितिले चन्द्र साउद,मनोज ज्ञवाली,प्रविण पाठक,प्रमोद शर्मा र सिताराम थपलियाको नाम छनोट गरेको छ ।

५ जनाबाट एकजना नेप्सेको सिइओ बन्ने छन् ।

केही दिनभित्रमा नेप्सेको सिइओ नियुक्त हुने अर्थमन्त्रालय निकट स्रोतले जानकारी दियो ।


क्लिकमान्डु