बुधवारको भएको इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार राफसाफ नहुँने



काठमाडौं । धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकको बुधवार भएको सेयर कारोबार राफसाफ नगर्न आदेश दिएको छ ।

सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गरेको लाभांशको गलत सूचनाको विषयमा अनुसन्धान गरेको जनाएको छ ।

इन्भेष्टमेन्ट बैंकको लाभांश सुरुमा स्टकले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश भनेर जानकारी दिएको थियो । पछि भने १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश भनेर सच्चाइएको थियो ।

धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङलाई पत्रचार गर्दै २१ गतेको सेयर कारोबार राफसाफ नगर्न निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले इन्भेष्टमेन्ट बैंकलाई पनि प्रष्टिकरण सोधेको छ । बैंकले आइतबारसम्म बोर्डमा प्रष्टिकरण दिने छ ।


क्लिकमान्डु