टोयोटाको सस्ता २ वटा गाडी सार्वजनिक, यस्ता छन् बिषेशता



काठमाडौं । टोयटा गाडीको नेपालको लागि आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डीकेटले २ वटा गाडी नयाँ इटिओस् प्लाटिनम र इटियोस लिभाको परिष्कृत मोडल सार्वजनिक गरेको हो ।

टोयटाको इटियस सन् २०१३को जुलाई महिनामा लञ्च गरेको इटिओस् प्लाटिनम गाडी २ सय ८० युनिट विक्री गरिसकेको युनाइटेड ट्रेडर्स सिन्डीकेटका सेल्स एण्ड मार्केकिङ प्रमुख विवेकबहादुर बलामीले जानकारी दिए । त्यसैगरि, इटियस लिभा २ सय ७० युनिट विक्री भएको बलामीले जानकारी दिए ।

अहिले सार्वजनिक भएको इटिओस् लिभाको मूल्य २९ लाख ५० हजार देखि ३५ लाख रुपैयाँसम्म रहेको छ भने न्यु इटिओस् प्लाटिनम फुल अप्सनको मूल्य ३७ लाख ५० हजार रहेको छ ।

युनाइटेड ट्रेडर्स सिन्डीकेटले यी गाडीको विक्रीमा नयाँ अफरसमेत सार्वजनिक गरेको छ । नयाँ अफरमा दुई लाख सम्मको नगद छुटसहित स्पट एक्स्चेञ्ज र एक्स्चेञ्जमा ५० हजार सम्मको छुटको व्यबस्था गरेको छ । साथै अफर अनुसार २० हजार किलोमिटर वा २ वर्षसम्मको वारेन्टी, सजिलो वित्तीय व्यबस्था, स्पट बीमाको व्यबस्था र स्पट डेलिभरी सुबिधा दिइएको कम्पनीले जनाएको छ।

इटिओस् प्लाटिनम गाडीको ग्राउण्ड क्लियरेन्स १ सय ७० मिलिमिटर रहेको छ भनेमाइलेज २०दशमलब३२ केएमपीएल रहेकोछ । इटियस लिभाले २३ दशमलब ५९ केएमपीएल माइलेज र ग्राउण्ड क्लियरिन्स १ सय ७० मिलिमिटरमिटर रहेको छ।


क्लिकमान्डु