नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.७९ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकले १२ प्रतिशत बोनस र ३.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकको संचालक समितिले सेयरधनीलाई १२ प्रतिशत बोनस र कर प्रयोजन सहित ३.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

१२ प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब भन्दा बढी हुने छ ।


क्लिकमान्डु