एलजीले गर्छ बार्षिक ६० खर्बको व्यापार, नेपालमा समेत अगाडि



काठमाडौं ।  प्लास्टिक कम्पनीको रुपमा खुलेको एलजी कर्पोरेशन आज विश्वको अग्रणी कम्पनी मानिन्छ । सन् १९४७ मा स्थापना भएको कोरियाली कम्पनी हो ।

एलजी अर्थ भाग्यसँग जोडिएर आउने गर्छ । शुरुवाती समयमा एलजी कर्पोरेसन ‘लाक–हुइ केमीकल इन्डस्ट्रियल र्कोप’को, जसलाई लक्की भनिन्थ्यो, रुपमा स्थापना भएको हो ।
यो कम्पनी कोरियाको पहिलो प्लास्टिक उद्योगको रुपमा स्थापना भएको हो । पछि प्लास्टिक ब्यवसायको बिस्तार गर्दै जाँदा कम्पनीले ‘गोल्डस्टार कम्पनी’को स्थापना गर्यो । र अन्तत दुवै मर्ज गरेर ‘लक्की गोल्डस्टार’को रुपमा कम्पनीको उदय भयो ।

सन् १९९५ मा पश्चिमा बजारमा राम्रोसँग प्रतिस्पर्धा गर्न ‘लक्की गोल्डस्टार’ को नाम ‘एलजी’ राखियो ।

दक्षिण कोरियाको सोल स्थित प्रधान कार्यालय रहेको एलजी बिशेषत इलेक्ट्रोनिक, केमीकल, टेलिकमको क्षेत्रको उपकरणहरुको निर्माण गर्छ । र, एलजी इलक्ट्रोनिक्स, जेनिथ, एलजी डिस्प्ले, एलजी यु प्लस र एलजी चेमजस्ता सहायक कम्पनीहरु ८० भन्दा बढी देशमा सञ्चालन गरिरहेको छ ।

एलजी इलेक्ट्रोनिक्सको स्थापना भने सन् १९५८ मा गोल्डस्टार कम्पनीकै रुपमा भएको हो । एलजी इलेक्ट्रोनिक्सको प्रमुख उद्देश्य आफ्ना ग्राहकहरुको जीवन खुशी र राम्रो बनाउने भएको कम्पनी बताउँछ ।

सन् २०१६ मा कम्पनीको बार्षिक कारोबार ४६ खर्ब रुपैयाँ भन्दा बढीको रहेको थियो भने, सन् २०१५मा ५० खर्ब रुपैयाँ थियो ।

रेडियोबाट इलेक्ट्रोनिक्सको दुनियाँमा प्रवेश गरेको एलजी अहिलेको डिजिटल युगमा पनि रेडियो, टिभि, मोबाइल, ट्याब्लेट, स्मार्ट घडि, रेफ्रिजेरेटर, वासिङ मेसिन, किर्बोडलगायत अन्य घरेलु उपकरण निमार्ण गर्ने बिश्वकै अग्रणी कम्पनीहरु मध्ये पर्छ ।

समग्रमा कम्पनीको बार्षिक कारोबार ६० खर्ब रपैयाँको हाराहारी छ । कम्पनीको ४ वटा ‘ब्यवसायीक युनीट’हरु छन्, जसमा ‘होम इन्टरटेनमेन्ट’, ‘मोबाइल कम्युनिकेशन’, ‘होम एप्लाएन्स एण्ड एयर सल्युसन्स’ र ‘भेकल कम्पोनेन्टस’ पर्छन् ।

एलजी ब्राण्ड स्मार्ट ब्राण्ड भएको कम्पनीका अधिकारीहरु बताउँछन् । ‘लाइफ इज गुड’ भन्ने ‘स्लोगन’ र भविष्यमुखी ‘लोगो’ले नै कम्पनीको बारे धेरै कुरा बताउने अधिकारीहरुको धारणा पाइन्छ ।

नेपालमा एलजी

करिब ३० बर्ष अगाडी नेपाल प्रबेश गरेको एलजी ब्राण्डका टेलिभिजन लगायतका घरायसी प्रयोजनमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा बिक्री वितरण भइरहेका छन् ।
नेपाल भित्र करिब ३०० को हाराहारीमा बिक्री केन्द्र रहेको एलजीका सोरुमहरुमा टेलिभिजन, वासिङ मेसिन, फ्यान, एसी, भ्याकुम क्लिनर, रेफ्रिजेरेटर, मोवाइललगायतका सामग्रीहरुको बिक्री हुने गरेको छ ।

एलजीको नेपालमा पहिलो प्रवेश गोल्डडेस्टार टेलिभिजनको नामबाट भएको हो । चौधरी ग्रुपले सुरुवात देखिनै नेपाली बजारमा एलजीको आधिकारीक बितरकको रुपमा काम गरिरहेको छ ।

टेलिभिजनमा ३० बर्ष अगाडी व्याल्क एण्ड हईटबाट प्रवेश गरेको एलजीले अहिले सबैभन्दा स्मार्ट टेक्नोलोजी ‘नानो सेल’मा आधारित रहेर उत्पादन गरिरहेको छ । अहिले कम्पनीले ४२ इन्चसम्मका टेलिभिजनहरु नेपालमा नै उत्पादन गर्ने कम्पनीका सेल्स हेड पुरुषोतम भण्डारी बताउँछन् ।

भण्डारीका अनुसार अहिले एलजीले टेलिभिजनमा ३५ प्रतिशत हिस्सा ओगटेको छ भने फ्रिज र वासिङ मेसिनको बजार हिस्सा क्रमश ३६ र ४५ प्रतिशत रहेको छ ।

दशैं अफर

चार्डपर्वको अबसरमा एलजी टेलिभिजनको खरिदमा ग्राहकले ३० प्रतिशतसम्म छुट पाउने कम्पनीका सेल्स हेड पुरुषोतम भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीले नगद छुटको साथै २ बर्ष ग्यारेन्टी र स्पेशल गिफ्ट हाम्पर प्रदान गर्ने छ ।


क्लिकमान्डु