पर्यटक ल्याउन बिज्ञापन गर्दै बोर्ड, सीएनएनमा ३ करोड खर्च गर्ने




काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७४/७५ को लागि १ अर्ब ३७ करोड रुपैयाँ बजेट तयार गरेको छ । जुन गत वर्ष भन्दा २० करोड रुपैयाँले बढी हो ।

यसवर्ष “पर्यटक बढ्ने अपेक्षा सहित बजेट बढेको छ,” नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले भने ।

विगतमा जस्तै यसपटक पनि अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनलाई केन्द्रित गर्दै बजेट तयार पारेको बोर्डले जनाएको छ । बोर्ड बैठकले केहि दिनमै स्विकृत गरेपश्चात मात्रै बोर्ड बजेट औपचारिक रुपमा कार्यन्वयमा आउने छ । बोर्डले ३ करोड १० लाख रुपैयाँ मिडिया तथा डिजिटल मार्केटिङमा खर्च गर्ने भएको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय मिडिया बीबीसीमा विज्ञापन मार्फत नेपालको प्रर्वद्धन गरेको बोर्डले यसवर्ष भने सीएनएनको लागि ३ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । “बोर्डको ध्यान डिजिटल मार्केटिङ तर्फ केन्द्रित,” बोर्डका सिइओ जोशीले भने । बोर्डले भारत र चीनमा समेत आक्रामकरुपमा विज्ञापन र प्रवद्र्धनमा खर्च गर्ने भएको छ ।

पर्यटन बोर्डले प्रत्येक हवाई पर्यटक मार्फत १ हजार रुपैयाँ सेवा शुल्क उठाउँदै आएको छ । नेपाल पर्यटन बोर्डले पर्यटक सूचना प्रणाली (टिम्स) मार्फत पनि पर्यटकसंग शुल्स उठाउँदै आएको छ ।

बोर्डले यसवर्ष ८ लाख ५० हजार भन्दा बढी पर्यटक नेपाल भ्रमणमा आउने अनुमान गरेको छ । सन् २०१७ को ६ महिनमा ४ लाख ६० हजार २ सय ३७ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।


क्लिकमान्डु