सञ्चय कोषको कार्यबहाक प्रशासकमा रौनियार



काठमाडौँ  । सरकारले कर्मचारी सञ्चय कोषको कार्यवाहक प्रशासकमा दीपक रौनियारलाई नियुक्त गरेको छ । कृष्णप्रसाद आचार्यको पदावधि सकिएपछि सरकारले उनलाई कामु प्रशासकको जिम्मेबारी दिएको हो ।

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेर सफल देखिएका रौनियारलाई कोषलाई थप प्रभावकारी बनाउन जिम्मा दिइएको हो ।

जलविद्युत् कम्पनी स्थापना भए लगत्तै प्रमुख कार्यकारी अधिकृत भएका रौनियारले लगानीको मोडल तथा विभिन्न जलविद्युत् आयोजनामा लगानी समेत गरेका थिए ।

गत वर्ष रौनियार पदावधि सकिएपछि कोष फर्किएका थिए ।

जलविद्युत् कम्पनीले हाल विभिन्न १४ वटा जलविद्युत् आयोजनामा सहवित्तियकरण मार्फत लगानी गरिरहेको छ ।

कर्मचारी सञ्चय कोषले ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना अगाडि बढाइरहेको सन्दर्भमा रौनियारको नियुक्तीले आयोजना अगाडि बढाउन थप सहज हुने देखिन्छ ।

यस्तै कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र निजामति कर्मचारीसहितको लगानीमा फूकोट कर्णाली समेत अगाडि बढाएको छ ।


पुष्प दुलाल