साढे ३ अंकले बढ्यो नेप्से, नबिल बैंकको १० करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ट (नेप्से) परिसुचक ३.६ अंकले बढेको छ । नेप्से १५२३.२६ अंकमा अडेको छ ।

सोमाबार १ सय ६० कम्पनीका १७ लाख १७ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ८४ करोड १३ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह १.३९, वित्तिय समूह ०.६४ र अन्य समूह १.१६ अंकले घटेका छन् ।
होटल समूह ३५.५६, विकास बैंक समूह ११.०८, जल विद्युत समूह ६.३८, बीमा समूह ८१.२५ र उत्पादन मूलक समूह ३०.६९ अंकले बढेका छन् ।

नबिल बैंक १० करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.७९ प्रतिशतले कमाएका छन् ।

छ्याङदी हाइड्रोपावरका लगानीले ६.२१ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल