बजार मुल्यको १० प्रतिशतभन्दा बढी नगद लाभांश दिदा सेयर मुल्य समायोजन हुने



]

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अबदेखी नगद लाभांशको पनि सेयर मुल्य समायोजन गर्ने भएको छ ।

अर्थ मन्त्रालयले नगद लाभांशको मुल्य समायोजन गर्न निर्देशन दिएपछि नेप्सेले यस्तो निर्णय गरेको हो।

नेप्सेले दिएको जानकारी अनुसार सूचिकृत कम्पनीले १० प्रतिशतभनदा बढी नगद लाभांश दिएको खण्डमा मुल्य समायोजन हुने छ ।

यस्तो समायोजन बजार मुल्यको आधारमा हुने छ ।

यसअघि कम्पनीहरुले दिने बोनस सेयर र हकप्रदको आधारमा मात्र सेयर मूल्य समायोजन हुने गरेको थियो । कम्पनीहरुले लाभांश घोषणापछि साधारण सभाको लागि उल्लेख गर्ने बुक क्लोज मितीमा मूल्य समायोजन गरिने चलन छ ।

अहिले कम्पनीले वितरण गर्ने नगद लाभांस कर प्रयोजनका लागि हुने भए पनि केही कम्पनीले प्रतिफलका रुपमा नगद लाभांस बितरण गर्दै आएका छन् ।


क्लिकमान्डु