घुस लिँदालिँदै राजश्व अनुसन्धान सुब्बा अख्तियारको फन्दामा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभागका नायब सुब्बालाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ ।

मध्यपश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर अस्थाई चेक पोष्ट अत्तरियामा कार्यरत नरेन्द्रकुमार साउद र कार्यालय सहयोगी टिकाराम जोशीलाई अख्तियारले पक्राउ गरेको हो ।

उनीहरुले भारतबाट सामान ल्याई बेच्ने ब्यापारी (सेवाग्राही) सँग मासिक रुपमा घुस लिने गरेको र सोही प्रयोजनले घुस रिसवत माग गरिरहेको भन्ने उजुरीका अख्तियारको टोलीले रंगेहात फेला पारेको हो ।

उनीहरुले व्यापारीसँग ६० हजार रुपैयाँ घुस लिँदै थिए । सोही अवस्थामा अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो ।

भ्रष्टाचार निवारण ऐन- २०५९ को दफा ३ को उपदफा १० बमोजिमको कसूर गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले उनीहरु
बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।


पुष्प दुलाल