बिएफ डियर हिलले ल्यायो नयाँ मोडेलका जुत्ता



काठमाडौं । बेस फुटवेयर ईण्डष्ट्रिजले चार्डपर्बलाई लच्छीत गरेर नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ ।

कम्पनीको गोदावरी स्थित नयाँ प्लान्ट सुरुगरे पश्चात विभिन्न किसिमका नयाँ मोडलका जुत्ता चप्पलहरु उत्पादन भईरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ मोडलका जुत्ताहरुमा कुन कच्चा पदार्थ द्धारा जुत्ता तयार गरिएको हो, सोको विवरण सहितको ट्यागमा समेत उल्लेख गरेको छ ।

बजारमा विभिन्न कम्पनीका जुत्ता चप्पलहरु अन्य मेटीरीयल प्रयोग गरि उत्पादन गर्ने र जिनुइन लेदर भनि बिक्री वितरण गरिदै आएको हुँदा आफ्नो उत्पादनको जानकारी प्रदान गर्ने उद्धेश्यका साथ जुत्तामा जुन किसिमको लेदर प्रयोग गरिएको छ, सोको विवरण राख्नुपरेको कम्पनीका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

नयाँ प्लान्ट स्थापना पश्चात पचाँस विभिन्न मोडेलका जुत्ता, चप्पल तथा बेल्टसमेत उत्पादन भईरहेको उपाध्यायले बताए ।


क्लिकमान्डु