सुदुरपश्चिममा पूर्णरुपमा हट्यो लोडसेडिङ




काठमाडौं । प्रधानमन्त्री, मन्त्री तथा सरकारका उच्चअधिकारी धनगढी पुगेपछि नेपाल विद्युत् प्राधिकरण अत्तरियाका प्रमुखलाई सधै तनाव हुन्थ्यो ।

सुदुरपश्चिम क्षेत्रमा प्राविधिक समस्याका कारण नेपाल विद्युत प्राधिकरणले वितरण गरेको विद्युत् प्रणालीमा नियमित समस्या आउने भएपछि राजनीतिक नेतृत्व र उच्च अधिकारीले सधै किन यस्तो भनेर गर्ने प्रश्नको उत्तर दिदा दिदा हैरान भएका अधिकारी सोमबारदेखि केही राहत सहसुस गर्न सक्ने ठाँउमा पुगेका छन् ।

प्राधिकरणले सोमबारदेखि सो क्षेत्रमा हुँदै आएको समस्या समाधान गरेको छ ।

कैलालीको लम्किमा रहेको ट्रान्सफर अपग्रेड गरेपछि टिकापुर र लम्की क्षेत्रमा भइरहेको लोडसेडिङ अन्त्य हुने भएको छ । प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख तारानाथ शर्माले ट्रान्सफर्मरको अपग्रेड र १३२/३३ केभी क्षमताको सवस्टेशनमा स्तारोन्नति गरेपछि ती स्थानमा लोडसेडिङ अन्त्य हुने भएको हो ।

पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत स्थानीयले समस्या समाधानका लागि सुझाएका थिए । प्रधानमन्त्री देउवाले स्थानीयको मागलाई तत्काल सम्बोधन गर्ने वचन दिएका थिए ।

प्राधिकरणले ती स्थानमा लोडसेडिङ हटाएको बताए पनि हाफ लाइन आउने, बिना कुनै सूचना लाइन काटिने जस्ता समस्या रहेका थिए ।

धनगढीका उद्योगी तथा व्यावसायीले अघोषित लोडसेडिङ हटाइदिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका थिए । स्थानीय उद्योगी तथा व्यावसायीको आग्रहपछि दाहालले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत स्थानीयले समस्या समाधानका लागि सुझाएका थिए । प्रधानमन्त्री देउवाले स्थानीयको मागलाई तत्काल सम्बोधन गर्ने वचन दिएका थिए ।

चार पटक प्रधानमन्त्री बन्दा समेत सुदुरपश्चिम अध्यारोमा नै रहेको भन्दै स्थानीयबासीको चरम आक्रोश थियो । तर, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विशेष पहलमा अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख तारानाथ शर्मालगायतको प्राविधिक टोलीले सोमबारदेखि समस्या समाधान गरेको छ ।

केही दिन पहिले स्थलगत अवलोकनमा पुगेका ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले पनि एकाध दिनमा समस्या समाधान हुने बताएका थिए । मुलुकको केन्द्रीय प्रसारण लाइनको क्षमता विस्तार नभएको र भारतबाट आएको विद्युत्को भोल्टेज तलमाथि हुँदा सबैभन्दा बढी मारमा महेन्द्रनगर, धनगढी, नेपालगन्जलगायतका शहर पर्दै आएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ट्रान्सफर्मर सवस्टेशनको क्षमता विस्तारपछि रातको समयमा खेर जाने विद्युत् समेत सुदुरपश्चिम र आसपासको क्षेत्रमा पठाउन सकिने बताए ।

रातको समयमा बढी हुने विद्युत् कोहलपुर पश्चिम पठाउन रहेको समस्या समेत हटेको प्राधिकरणको भनाइ छ ।

उनले केही दिनअघि सबै क्षेत्रमा गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण प्रयासरत रहेको बताएका थिए ।

विशेषगरी भारतबाट ३३ केभी क्षमतामा आयात गरिएको विद्युतमा भोल्टेजको समस्या बढी आउने गरेको छ । ओभरलोड हुने तथा कुन बेला बत्ती जान्छ भन्ने नै थाहा नहुने अवस्थाबाट सुदरपश्चिमले केही हदसम्म मुक्ति पाएको अत्तरिया क्षेत्रीय प्रमुख शर्माले बताए ।


क्लिकमान्डु