आइफोन एक्स र आइफोन ८ सार्वजनिक, यस्ता छन् विशेषता, नेपालमा मुल्य कति ?



एप्पलले मंगलबार आइफोन ८ सिरिजको फोन लन्च गरेको छ । एप्पलले आइफोन ८ र ८ प्सस सँगै आइफोन एक्स सहित तीन मोडल सार्वजनिक गरेको छ ।

जसमा सबैभन्दा बढी मुल्य आइफोन एक्सको पर्छ । यसको मुल्य ९९९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँमा १ लाख २ हजार रुपैयाँ पर्छ ।

आइफोन एक्स अर्थात आइफोन १० फेस चिन्न सक्ने आइडी फिचरका साथथ आएको छ । यसको टपमा इन्फारेड क्यामरा छ । यसले अध्यारोमा पनि मोबाइल प्रयोगकर्ताको अनुहारलाई चिन्न सक्छ । एप्पल मोबाइलको यो अहिलेसम्मकै महगो फोन हो । यसको बिक्री ३ नोबेम्बरबाट सुरु हुन्छ ।

क्यूपर्टिनोको स्टीव जब्स थियटरमा आइफोन लन्चको १० औ वार्षिक उत्सव मनाइएको थियो ।

यो भन्दा अगाडि कम्पनीले आइएफोन ८ र आइफोन ८ प्लस लन्च गरेको छ । जुन बिना तार मोबाइल चार्ज हुन्छ । पहिलो पटक कुनैपनि मोबाइलमा वायरलेस चार्जिङ सिस्टम छ ।
आइफोन ८ र आइफोन ८ प्लस को ग्लास सबैभन्दा बढी ड्युरेबल ग्लास छ । यसमा थ्रीडी डिस्प्ले राखिएको छ ।

८३ प्रतिशतभन्दा बढी लाइट र पावर बचतको साथमा नयाँ १२ एमबी सेन्सरभन्दा बढी फास्ट यो फोन छ । यो बजारमा २२ सेक्टेम्बरदेखि उपलब्ध हुन्छ । यसको बजार मुल्य ७९९ अमेरिकी डलर रहेको छ । नेपाली रुपैयाँ ८० हजारमा पर्छ ।

आइफोन ८ ६४ जिबी र २५६ जिबी मोडलमा आएको छ । यसको मुल्य ६९९ अमेरिकी डलर ७० हजार रुपैयाँबाट सुरु हुन्छ ।

एप्पलले लन्च गरेको आइफोन एक्स भने फरक विशेषतको छ । यो मोबाइल अन गर्न टच नभएर फेस आइडीको फिचर हुन्छ । फेस आइडीको फिचर यस्तो छ अध्यारोपनि यो काम गर्छ ।

मोबाइल अनलक गर्नको लागि आइफोन एक्स तर्फ हेरेपछि अनलक हुन्छ ।


क्लिकमान्डु