बुम रेमिट्यान्स र एनबी बैंकबीच सम्झौता

क्लिकमान्डु २०७४ भदौ २८ गते ११:३९ मा प्रकाशित


काठमाडौं । बुम रेमिट्यान्सले नेपाल बंगलादेश (एनबी) बैंकलाई एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र एनबी बैंकका नायब महाप्रबन्धक सुरेन्द्र भूषणले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बुम रेमिटमार्फत विदेशबाट पठाएको रकम एनबी बैंकका सबै शाखाबाट ग्राहकले भुक्तानी लिन सक्नेछन् । बुम रेमिटको सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण कार्य गर्न पनि सम्झौता भएको छ ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजारभन्दा बढी सब–एजेन्ट छन् ।
साथै, एनबी बैंकको ४७ वटा शाखा र २ वटा एक्स्टेंसन छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स