एनएमबि बैंक र अवसर फाउन्डेसनबीच माईक्रो फाइनान्स सेवा सम्झौता



काठमाडौं । एनएमबि बैंकले अवसर  फाउन्डेसनसँग माईक्रो फाइनान्स सेवा सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र अवसर फउन्डेसनका जनरल सेक्रेटरी सुरेन्द्र सिलवालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट एनएमबि बैंक वा बैंकको सहायक कम्पनी एनएमबि माईक्रो फाइनान्स वित्तिय संस्था मार्फत अवसर फाउन्डेसनका कार्यक्षेत्रमा पर्ने जिल्लाहरु ताप्लेजुङ्ग, दोलखा, सिरहा, नवलपरासी र कपिलबस्तुमा कृषि, पशु, साना मझौला ब्यवसाय तथा कारखाना र घरेलु तथा साना उघोगमा बिभिन्न खाले कर्जाहरु उपलब्ध गराउने छ ।


पुष्प दुलाल