नेप्से ३७ अंकले बढ्यो, ६३ करोडको कारोबार




काठमाडौं । साताको अन्तिम नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७.११ अंकले बढेको छ । नेप्से १५३० .३१ अंकमा अडेको हो ।

नेप्सेका अनुसार आज १ सय ६१ कम्पनीका ११ लाख ७० हजार ७२ कित्ता सेयर खरिद बिक्री भएको छ । ६३ करोड ५० लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेका सबै उप सुचकहरुमा हरियाली छाएको छ ।

उत्पादन मूलक समूह ३४.११, विकाश बैंक समूह २३.९१, जलविद्युत समूह १५.०२, बैंकिङ सकूह ३६.९७, बीमा समूह २४९.०८, वित्तिय समूह २६.३९, होटल समूह ४३.६, ट्रेडिङ समूह १७.१४ र अन्य समूह १०.४१ अंकले बढेको छ ।

विसाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

नेस्नल माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल