कृषि विकास बैंकमा खुल्यो २ सय ६० जनाको लागि जागिर



काठमाडौं । कृषि विकास बैंकमा २ सय ६० जनाले रोजगारीको अवसर पाउने भएका छन् । बैंकले विभिन्न तहमा देशभरका लागि उक्त ठुलो संख्यामा रोजगारीको आवेदन मागेको हो ।

बैंकले लेखा अधिकृत सिए सातौ तहका लागि ९ जना मागेको छ । त्यस्तैगरी व्यवसाय अधिकृत सातौ तहको लागि २६ जना, व्यवसाय सहायक स्तर पाँचौ तहको लागि ६६ जना को लागि आवेदन मागेको छ ।

त्यस्तैगरी लेखपाल सहायकस्तर द्वितीय श्रेणी चौथो तहको लागि ५० जनाको लागि आवेदन मागेको छ । त्यस्तै लेखपाल सहायकीस्तर द्वितीय श्रेणी चौथो तहका लागि ७९ जना र लेखपाल सहायकस्तर द्वितीय श्रेणी चौथो तहका लागि ३० जनाको लागि बैंकले आवेदन मागेको छ । प्रथम पटक प्रकाशित भएको २१ दिन भित्र आवेदन दिइसक्नु पर्ने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।


क्लिकमान्डु