गाडी र बाइकमा ब्राण्डपिच्छे यस्तो छ छुट र अफर




काठमाडौं । सवारीसाधन बिक्रेताहरुले दशैं तिहारलाई समेत लक्षित गरी विभिन्न उपहार योजना सार्वजनिक गरेका छन् । उपभोक्ता आकर्षित गर्न सुनदेखि विदेश भ्रमणसम्मको योजना ठूला गाडी, कार तथा मोटरसाइकल किन्दा दिइने योजना सवारी बिक्रेताहरुले ल्याएका छन् ।

हुन्डाईको फेस्टिभ अफर
हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाइ फेस्टिभ डिलाइट योजना ल्याएको छ । यो योजना भदौ ८ गतेदेखि कात्तिक २६ गतेसम्म लागू हुनेछ । योजना अन्तर्गत ग्राहकहरूले नगद ५ लाख रुपैयाँसम्मको छुट र १ वर्षे निःशुल्क बीमा सुबिधा पाउनेछन् ।

यस्तै स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुटका साथै लक्की ड्र मार्फत १०० जनालाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत हुन्डाई इलाइट आई ट्वेन्टी एक गाडी एउटा र हुन्डाई एक्सेन्ट एउटा पाउन सक्नेछन् ।

फोर्ड क्यासमा क्यास अफर
फोर्डले चाडपर्वलाई ध्यानमा राखी फोर्ड क्यासमा क्यास अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले फोर्ड गाडीको खरिदमा नियमित क्यास छुटका साथै ‘लक्की ड्र’ मार्फत ८० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्मको अतिरिक्त नगद छुट पाउनेछन् ।

यस्तै फोर्डले अरु कुनै पनि ब्रान्डको गाडीसँग सट्टापट्टाको व्यवस्था पनि मिलाएको छ । यो अवधिमा फोर्ड गाडी किन्नेलाई ३० हजारसम्मको अतिरिक्त सामान पनि दिइने उल्लेख छ । फोर्ड गाडीको बुकिङमा ग्राहकले एउटा युनिक कोड प्राप्त गर्नेछ । र, उक्त कोडबाट कम्प्युटर प्रोग्राममार्फत तुरुन्त ग्राहकले पाउने अतिरिक्त छुट घोषणा गर्नेछ ।

बजार किन्दा ६ लाखसम्मको नगद पुरस्कार
बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ग्राहकहरूलाई दशैं तिहारका लागि ‘६ नि–शान’ योजना ल्याएको छ । यो योजना भदौ ४देखि सुरु भएको योजनाका दुई मुख्य अर्थहरू छन् । पहिलो अर्थ ‘६ वटा लक्ष्य’ छन् र अर्को अर्थ ‘गौरव गर्नु’ अर्थात् बजाजको शानसँग आफू आबद्ध हुनु हो, जसले बजाज मोटरसाइकल चढ्छ वा किन्छ त्यसले निकै गौरबको महसुस गर्छ । र, यो उत्सव भनेको बजाज मोटरसाइकल खरिद गर्ने उत्सव हो । यो योजनाको अवधिभर, खरिदकर्ताहरूले बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरूले ६ हजारदेखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

यामाहाको ‘क्यास–इन–ओ’
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दशैं तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै ७ हजार रुपैयाँ छुट, साप्ताहिक लक्की ड्रमार्फत १ लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यू–स्कोडा ¥यापिड कार जित्न सक्ने छन् ।

रेनोको डबल उत्सव अफर
रेनोको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबिल प्रालिले उत्सव अफर ‘रेनो डबल उत्सव’ नामको योजना सार्बजनिक गरेको छ । रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने मुख्य नारा सहित ल्याइएको अफरले ग्राहकलाई डबल फाईदा दिने कम्पनीको भनाइ छ ।

दशैं तिहारको अवसरमा रेनो कार खरिद गर्दा ग्राहकहरुले सिधै ३ लाखसम्मको ‘स्योर शट’ नगद छुट प्राप्त गर्न सक्ने र स्क्र्याच कुपन मार्फत थप ३ लाख रुपैयाँसम्म जित्न सक्ने छन् । यसका अतिरिक्त यो अभियानले रेनो कार खरिद गर्दा १ वर्षसम्मको निःशुल्क इन्धन उपलब्ध गराउने छ । १ वर्षको सडक कर निशुल्क, स्पट फाइनान्सिङको सुविधा, तत्काल मूल्यांकन, ५ वर्षको वारेन्टी र एक्सचेन्ज सुविधा पनि रहेको छ । यो अफर रेनोको लजी, डस्टर र क्विडको ३ वटै मोडलका कारहरुको खरिदमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सुजुकीको ‘डवल मज्जा’ अफर
सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ । कम्पनीका अनुसार ‘डवल मज्जा’ अफर अन्तर्गत ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँसम्म सटही बोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मका लागि निशुल्क बीमा सुविधा, सडक कर र रजिष्ट्रेसन निःशुल्क उपलब्ध गराइने छ । सन् २०१६ का सम्पूर्ण मोडलहरुमा विशेष छुट समेत दिइने कम्पनीले जनाएको छ ।

टाटा कार किन्दा १० तोलासम्म सुन उपहार
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चाडपर्वको अवसर पारेर आफ्नो नयाँ छुट योजना ल्याएको छ । कम्पनीले ‘दसैंमा १०सै तोला’ योजना ल्याएको हो । यो योजना अन्तर्गत ग्राहकले टाटा कार किन्दा १० तोलासम्म सुन पाउने कम्पनीले जनाएको छ । टाटा स्ट्रोम, बोल्ट, टियागो र जेस्ट किन्ने ग्राहकलाई क्रमशः १० तोला, ७ तोला, ६ तोला र ५ तोला पक्का सुन उपहार स्वरुप प्रदान गर्ने छ ।

अशोक लेल्यान्डको उपहार योजना
अशोक लेल्यान्ड गाडीको आधिकारिक विक्रेता आईएमई मोटर्स प्रालिले ‘उत्सवको बहार दमदार गाडीको बेजोड उपहार’ नामक उपहार योजना ल्याएको छ । यो योजना अन्तर्गत अशोक लेल्यान्डका बस, ट्रक तथा ट्रिपरहरूका कुनै पनि मोडलको खरिद गर्दा सुनिश्चित उपहार प्रदान गरिने छ ।

आईएमई मोटर्सले यस योजनामार्फत ग्राहकवर्गमा बेजाड उपहार प्रदान गर्दै चाडपर्वको मौसमलाई अभैm उल्लासमय बनाउने बताएको छ । ग्राहकले खरिद गर्ने सवारीको संख्याअनुसार, चाहना अनुरूपको उपहार रोज्न पाइनेछ । अशोक लेल्याण्डको कुनै पनि एक थान गाडीको खरिदमा १ सय २८ जीबीको आइफोन सेभेन प्लस र ९.७ इन्चको आइप्याड अथवा ५० इन्चको सोनी एचडी स्मार्ट टीभी र ८ केजीको सामसङ वासिङ मेसिन प्रदान गरिने जनाइएको छ । यसको सट्टामा २.५७ तोलाको सुनको सिक्का वा पावरम्याक्स स्कुटर वा मौरिसस भ्रमणको अफर राखिएको छ ।

हिरोको भाग्यमानी योजना
हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले दशंै तिहारको उपलक्ष्यमा ‘यो दसैं र तिहारमा भाग्यमानी भए’ भन्ने नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत १ हजारदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने र साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख नगद पाउने कम्पनीले जनाएको छ ।

होन्डा ह्विल अफ फच्र्युन–२
होन्डा मोटरसाइकल तथा गाडीको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैं तथा तिहार स्किम होन्डा ह्विल अफ फच्र्युन–२ ल्याएको छ । यस स्किमको समय अविधिभर होन्डाका ग्राहकहरूले १ लाखदेखि १० लाख रुपैयाँसम्म नगद उपहारका साथै अन्य सुविधाहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

साथै होन्डा मोटरसाइकलको खरिदमा स्त्र्mयाच कुपनमार्पmत १ लाख रुपैयाँसम्मको नगद छुट, ५ वर्षका लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट तथा ४ हजार ५ सय बराबरको १० थप फ्रि सर्भिस कुपन प्राप्त गर्न सक्ने छन् । होन्डा बिग मोटरसाइकल किन्दा आकर्षक नगद छुटसमेत छ भने होन्डा कारको खरिदमा आकर्षक नगद छुट्, १ वर्षको निःशुल्क सडक करलगायत सुविधा रहेको छ । यस योजनामा बम्परमा सोही कुपनबाट लक्की ड्र मार्पmत होन्डा ह्विल अफ फच्र्युन–२ मा सहभागी भई १० जनाले ह्विल घुमाएर प्राप्त गर्ने १० लाखसम्मको नगद पुरस्कार जित्ने मौकासमेत प्राप्त गर्ने छन् ।

सुजुकीको दसैं–तिहार अफर
सुजुकी दुईपांग्रे सवारीको आधिकारीक वितरक भीजी अटोमोबाइल्स प्रालिले दशैं तिहार ‘चक्कामा चक्का नगद पक्का’ बिक्री प्रवद्र्धन उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत ग्राहकले सुजुकीको कुनै पनि मोटरसाइकलको खरिदमा ७ हजार रुपैयाँ र स्कुटरमा ९ हजार रुपैयाँ नगद छुट तत्काल प्राप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकहरूले स्क्र्याच कार्डमार्फत एक लाखसम्मको थप नगद छुट र बम्पर उपहारमा रेनल्ट क्विड कार जित्न सक्नेछन् । यो योजनाका अतिरिक्त कम्पनीले सबै प्रकारका दुईपांग्रे सवारी साधनमा ५ वर्षको वारेन्टी पनि प्रदान गरेको छ ।

महिन्द्राको रानीहारदेखि थाइल्याण्ड भ्रमणसम्मका उपहार
महिन्द्रा टु ह्वीलरको बिक्रेता अग्नि मोटो इन्कले चाडपर्वको अवसरमा रानीहारदेखि थाइल्याण्ड भ्रमणसम्मका उपहार योजना ल्याएको छ । ‘महिन्द्रा सुनै सुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा’ नामको यस योजनामा मोटरसाइकल वा स्कुटर खरिद गर्दा एउटा कुपन पाइन्छ । जुन कुपन स्क्राच गरेपछि ग्राहकले निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउने कम्पनीले जनाएको छ । हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउने र बम्परमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि अग्नी मोटो इन्कले जनाएको छ ।


क्लिकमान्डु