सनराइजन बैंकले १५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सनराइज बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको बोनस सेयर हकप्रद सेयर भरेका सेयरधनीले पनि पाउने छन् । बैंकले जारी गरेको सूचनामा हकप्रद बिक्री नभएको सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री भएको जनाएको छ ।
बैंकले अहिलेको चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँमा १५ प्रतिशत बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँभन्दा बढी हुन्छ ।


क्लिकमान्डु