बनेपामा कुन ब्रोकरले कति सेयर कारोबार गरे ?



बनेपा । सेयर बजारमा आर्कषण बढ्दै जाँदा नयाँ/नयाँ लगानीकर्ता भित्रिएको बनेपाका ब्रोकर कार्यालयमा शेयर कारोबारको रकम कम देखिएको छ ।

बनेपामा भिजन सुक्युरिटिज प्रालि ९३४०, र ४० नम्बर ब्रोकर कार्यालय क्रियाटिभ सेक्युरिटिज प्रालिले बनेपा शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम गर्दै आएका छन् ।

भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकास अधिकारीले शेयर बजारमा आएको गिरावटले आर्थिक कारोबार कम भएको उल्लेख गर्दै नयाँ/नयाँ लगानीकर्ता केही हतास भएको बताए ।

उनकाअनुसार बिहीबारको कारोबार अन्य दिनको तुलनामा सन्तोषजनक भएको थियो । सो शाखामार्फत यो साता रु पाँच करोड २६ लाख ५२ हजार ७ सय रुपैयाँको सेयर कारोबार भएको छ ।

गत साता उक्त ब्रोकर कार्यालयबाट तीन दिनको अवधिमा ५ करोड ७२ लाख ६० हजार ९५ रुपैयाँको सेयर कारोबार भएको थियो ।

क्रियाटिभ सेक्युरिटिज प्राली बनेपाले यो साता ३ करोड ३९ लाख ४२ हजार २१७ को कारोबार गरेको छ । गत साता सो ब्रोकर कार्यालयले ३ दिनको अवधिमा २ करोड १८ लाख ९१ हजार ५९ को सेयर कारोबार गरेको थियो ।

क्रियाटिभ सेक्युरिटिज प्राली बनेपा शाखाका प्रमुख राजेन्द्र मर्हजन सेयर कारोबारमा गिरावट आएका कारण नयाँ लगानीकर्तामा उत्साह नभएको बताउँछन् ।

उनकाअनुसार बनेपा बाहेक, धुलिखेल, पनौती, भक्तपुरबाट पनि सेयर कारोबार गर्न लगानीकर्ता आएका छन् । बनेपामा यी दुई ब्रोकर कार्यालयसहित ३ वटा ब्रोकर कार्यालयले सेयर खरिद, बिक्रीको काम गर्दैआएका छन् । रासस


पुष्प दुलाल