सि.जी इलेक्ट्रोनिक्सको सर्भिस टेक्निसियन मिट २०७४ सम्पन्न



काठमाडौं । सिजी इलेक्ट्रोनिक्सको ‘सर्भिस टेक्निसियन मिट’ सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट ८० जना भन्दा बढि टेक्निसियनहरुको ठूलो जमघट रहेको कम्पनीले जानकारी दिएको छ ।

टेक्निसियन मिटको अवसरमा उनीहरुलाईसाइडबाई साइड रेफ्रिजेरेटर, कमर्शियल वासिंग मेसिन, डिसवासर, अत्याधुनिक वेब अपरेटिंग एलईडीलगायत विभिन्न किसिमका उत्पादनहरु र अन्य हाई इण्ड उत्पादनहरुको बारेमा समेत तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सि.जी. इलेक्ट्रोनिक्सका सर्भिस हेड विकाश श्रीवास्तवले यस्तो किसिमको कार्यक्रम गर्नाले टेक्निसियन साथीहरुमा आत्मबल बढ्नुका साथै काम गर्ने विशेष जाँगर आउने बताए । उनले आगामी दिनमा कम्पनीले वान टिम वान गोल भन्ने नारालाई सार्थक पर्नेछ भन्ने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु