नेप्से १७.६३ अंकले बढ्यो, ७७ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.६३ अंकले बढेको छ । नेप्से परिसूचक १५४७ .९७ विन्दुमा पुगेको हो ।

नेप्सेमा आज १ सय ५९ कम्पनीका १६ लाख ५४ हजार ४ सय ८२ कित्ता सेयर खरिद बिक्री भएको छ । नेप्सेमा ७७ करोड ८० लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

उत्पादन मूलक समूह १८.१४, विकाश बैंक समूह ८.८८, जलविद्युत समूह ४.४१, बैंकिङ सकूह २५.१३, बीमा समूह ४३.१४, ट्रेडिङ समूह १८.८३ अंकले बढेको छ । वित्तिय समूह १.८४, होटल समूह १४.७२ र अन्य समूह ०.५८ अंकले घटेका छन् । बीमा समूह र बैंकिङ सकूह सबैभन्दा धेरै अंकले बढेका हुन् ।

विशाल बजार कम्पनी ९.९९ र प्रोगेसिभ फाइनान्स लिमिटेड ९.७७ लगानीकर्ताले कमाइ गरेका छन् । मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले ५.७६७८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु