होम अप्लाइन्समा कुन ब्राण्डको कति छुट ? कस्तो छ थप अफर ?




काठमाडौ । दशैं तिहारलाई मिठो खाने र राम्रो लगाउने चाड मानिन्छ । त्यसैले दशैं तिहारमा नयाँ लुगाफाटो किनिने नै भयो । दशैं तिहारमा ठूलो मात्रामा उपभोग हुने भएपछि अन्य बस्तुहरुले पनि यो समयमा आफ्नो बिक्री बढाउन र ग्राहकलाई सुबिधा दिन विभिन्न आकर्षक स्कीमहरु राख्ने गरेका छन् ।

दशैं तिहारकै मौका पारेर विभिन्न उत्पादक, बिक्रेता र वितरकहरुले होम अप्लाइन्समा पनि आकर्षक छुटको ब्यवस्था गरेका छन् ।

दशैं तिहारको मौका पारेर चौधरी ग्रुपद्धारा उत्पादन हुने एलजी टिभीहरुमा २ वर्षसम्मको वारेन्टी राखिएको छ । यस्तै टिसीएल र सिजीका एलइडी टिभीहरुमा ब्लुतुथ स्पिकर, होम थिएटर र क्यास डिस्काउन्ट जस्ता अफरहरु राखिएको छ ।

चौधारी ग्रुपका प्रडक्ट तथा ब्राण्ड अनुसार अनुसार काठमाडौंका विभिन्न ठाउँहरु सबै तिर २० देखि ३० प्रतिशतसम्मको छुट दिने ब्यवस्था मिलाइएको छ ।

एलजीको वासिङ मेसिनहरुमा पनि फरक उपहारहरु राखिएको छ । एलजीको वासिङ मेसिनमा पिजन ब्राण्डको सुपर कुकर, कराइ र तवासको भिजिट टिकेट दशैंको बम्पर उपहारको रुपमा राखिएको चौधरी गु्रपका बजार निर्देश सञ्जय राजभण्डारीले जानकारी दिए ।

यस्तै एलजी, गोद्रेज र सिजीका माइक्रो ओभनहरुमा खाना पकाउँदा किचेनमा प्रयोग हुने भाडाहरु उपहारको रुपमा राखिएको छ ।

एलजी, सिजी र टिसिएल ब्याडका एसीहरुमा मूल्यअनुसारका उपहारहरु तय गरिएको छ । टिसिएल ब्राण्डका एसीमा ५ वर्षसम्मको वारेन्टी राखिएको छ । एलजीका एसीहरु ३८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्ममा विक्री भैरहेको छ ।

एलजीका डबल डोर रेफ्रिजिएटरहरुमा पिजन ब्राण्डको मिक्सर उपहार राखिएको छ । सिंगल डोरमा भने दशैं डिस्काउन अफर राखिएको छ । यस्तै गोद्रेज र सिजीका डबल डोर रेफ्रिजिएटरहरुमा पनि पिजन ब्राण्डको मिक्सर उपहार राखिएको छ । एलजी, गोद्रेज र सिजीका रेफ्रिजिएटरहरुको मूल्य १८ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्ममा बजारमा विक्री भैरहेको छ ।

एलजीका रेफ्रिजिएटरहरुमा भने मूल्य अनुसार एलजीकै माइक्रो ओभन उपहारको रुपमा राखिएको छ ।

यस्तै सोनीले पनि दशैंको लागि चाडपर्वको मौसम बनाऔँ अझै रमझम भनी सोनी टिभीमा २० प्रतिशतसम्मको छुट राखेको छ । सोनीको केडि एक्स ७००० इ ४३ इन्च टिभीमा १९ हजार ३ सय ९० रुपैयाँ क्यास ब्याक र फ्रि साउन्ड बारको व्यवस्था गरेको छ ।

भदौ १३ गते बाट सुरु भएको यो अफर कार्तिक १२ गतेसम्म कायम रहने सोनीका माकेटिङ म्यानेजर सनी श्रेष्ठले बताए । सानीले ६५, ५५, ४९, ६०, ४८, ४० र ३२ इन्चको टिभीहरुमा क्यास ब्याक अफर राखेको हो ।

सोनीले आफ्नो एक्सपेरिया मोडलको सबै स्मार्ट फोनहरुमा फ्रि गिफ्टको अफर राखेको छ ।


क्लिकमान्डु