एयरपोर्टमा ५ हजार यात्रुलाई यसरी बाँडियो पुष्पगुच्छा (फोटोफिचर)



काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को रजत जयन्तीको अबसर पार्दै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आउने र जाने गरि ५ हजारभन्दा बढी स्वदेशी तथा बिदेशी यात्रुलाई पुष्प गुच्छा बितरण गरिएको छ ।

एशोसिएशनको आयोजनामा सम्पन्न पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउने कार्यक्रममा पुष्प ब्यबसायीको बाक्लोे उपस्थिती थियो ।

स्वदेशमा उत्पादन हुने पुष्प तथा पुष्पजन्य बस्तुको प्रयोग गरौं र वाताबरणलाई स्वच्छ राखौं भनेर सर्वसाधारणलाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

कार्यक्रममा गुलाब, जर्बेरा लगायत अन्य कट फ्लावरको गुच्छा प्रदान गर्दै यात्रुहरुलाई स्वागत गरिएको थियो । अन्तराष्ट्रिय टर्मिनलमा ३ हजार र आन्तरिक टर्मिनलमा २ हजार यात्रुहरुलाई पुष्प गुच्छा प्रदान गरिएको एसोसिएसनले जानकारी दिएको छ ।

पुष्प ब्यबसायको बजार प्रबद्र्धन गर्न यस्तो किसिमको जनचेतनामूलक कार्यक्रमले ब्यबसायीलाई फाइदा पुग्ने पुष्प ब्यबसायी तथा ग्लोबल फ्लोराका अध्यक्ष संजीब कार्कीले बताए ।

खुशी र दुखको जुनसुकै बेलामा पनि प्रयोग गरिने पुष्पजन्य बस्तुहरुको प्रयोगलाई ब्यापक बनाउँदै नेपाली उत्पादनको प्रयोग अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने लक्ष लिइएको एशोसिएशनले जनाएको छ ।


क्लिकमान्डु