वेस्टर्न युनियनद्धारा ‘सम्बन्धको उत्सव’ योजनाको पहिलो बिजेता घोषित



काठमाडौं । वेस्टर्न युनियनले दशैं तिहारको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’नारा सहितको योजनाको पहिलो विजेता घोषणा गरेको छ ।

दसैं, तिहारको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’ अभियान अन्तर्गत यहि सेप्टेम्बर ११ तारिखमा सामसङ जे७ प्रो जित्ने पहिलो बिजेताको नाम सार्बजनिक गरेको हो ।

प्रत्येक साता अभियानभर गरिने लक्की ड्रमार्फत दाङ निवासी अर्जुन ओली सामसङ जे ७प्रो जित्ने पहिलो भाग्यशाली बिजेता भएका छन् । सामसङ मोबाइल प्रत्येक साता दिनु साथमा यो अभियानले दैनिक रुपमा ग्राहकहरुलाई ५० रुपैयाँदेखि ५ सय रुपैयाँ सम्मको रिचार्ज कार्ड प्रदान गर्दै आएको जानकारी दिएको छ ।

सो योजना यहि भदौ १८ गतेदेखि सुरु भई कात्तिक ११ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु