एनआईसी एशिया बैंक र एनबिआईबीच ‘जान्बी’ कोर्स संचालन गर्न सम्झौता



काठमाडौं । एन आई सी एशिया बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच जान्बी (JANBI) कोर्स संचालन गर्ने बारेमा सोमबार सम्झौता सम्पन्न भएको छ ।

बैंकले लर्निङ एण्ड डेभलोपमेन्ट एक्टिभिटीजलाई थप गतिशिलता प्रदान गर्नको लागि एक छुट्टै विभागको स्थापना गरी कार्य गर्दै आइरहेको जानकारी दिएको छ ।

बैंकले निकट भविष्यमा नै लर्निङ एण्ड डेभलोपमेन्ट एक्टिभिटीजलाई थप उचाइमा पु¥याउनको लागि लर्निङ एण्ड डेभलोपमेन्ट एकेडेमीको स्थापना गरि बैंकिङ सम्बन्धि सम्पुर्ण लर्निङ एण्ड डेभलोपमेन्ट एक्टिभिटीज संचालन गर्ने वृहत लक्ष्य समेत लिएको छ ।

सो सम्झौता अनुसार बैंकले ३८८ जना कर्मचारीहरुलाई जान्बी कोर्समा संलग्न गराउने छ । बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा सो कोर्ष गराउने पहिलो बैंक नै एन आई सी एशिया बैंक भएको दाबी छ ।

जान्बी सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरि एनबीआईद्वारा लिने परिक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ । त्यस्तो परिक्षा उत्तिर्ण गर्नेहरुलाई सर्टिफिकेट दिने गरेको र हालसम्म देशमै ३४८ जना मात्रै जान्बी सर्टिफाईड बैंकरहरु रहेको एनबीआईले उल्लेख गरेको छ ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।


क्लिकमान्डु